प्रधानमन्त्री ओलीलाई चेपाङ समुदायबाट चिउरी उपहार « Khabarhub

प्रधानमन्त्री ओलीलाई चेपाङ समुदायबाट चिउरी उपहार


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

हेटौँडा–  मकवानपुरको राक्सिराङ गाउँपालिकाका चेपाङ समुदायले बागमती प्रदेशसभा सदस्य भारती पाठकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपहारस्वरूप ‘चिउरी’ प्रदान गरेका छन् । यहाँका चेपाङ समुदायले परम्परागत रूपमा प्रयोग गर्दै आएको पेरुङ्गो (बाँसको टोकरी)मा राखेर चिउरी पठाएका हुन् । 

आज उपहार ग्रहण गर्दै प्रधानमन्त्री ओलीले पेरुङ्गोमा चिउरीसँगै चेपाङ समुदायले आफ्नो आशा र भरोसा पनि पठाएको उल्लेख गर्दै उक्त उपहारका लागि धन्यवाद दिए । 

‘चेपाङ समुदायको जीवनशैली, परम्परा, संस्कृति र जीविकोपार्जनसँग गहिरो सम्बन्ध राख्ने वनउपज चिउरीबाट म उक्त समुदायमा समृद्धी ल्याउने परिकल्पना गरिरहेको छु’, उनले भने, ‘परम्परागत सीप, जैविक विविधता, आदिवासी  तथा सीमान्तकृत समुदायका जीवनशैलीप्रति म सम्मान व्यक्त गर्दै चिउरी प्रवर्द्धनका कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्दछु ।’

प्रधानमन्त्री ओलीले चिउरीको उत्पादन बढाउन र यसैमार्फत समुदायमा आर्थिक गतिविधि बढाउनका लागि कार्यक्रम ल्याउने बताए । उनले वन स्रोतको प्रयोगलाई केवल सालका रूख कटानमा सीमित नगरी दिगो वन व्यवस्थापन, जैविक विविधता संरक्षण र स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने दिशामा लैजानुपर्ने धारणा भनाइ राखे । 

प्रधानमन्त्री ओलीले चेपाङ समुदायको परम्परागत ज्ञान, जीवनशैली र चिउरीसँगको सम्बन्धप्रति सम्मान व्यक्त गर्दै यस्तो बहु आयामिक वन उत्पादनको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । उनले प्राकृतिक स्रोतसाधनको दिगो व्यवस्थापन, जैविक विविधता संरक्षण तथा आदिवासी जनजातिको भूमिकालाई राज्यले प्राथमिकतामा राखेको समेत उल्लेख गरे । 

बागमती प्रदेशसभा सदस्य भारती पाठकले प्रधानमन्त्रीसँग भेट गर्ने क्रममा आदिवासी जनजातिको परम्परागत सीप, ज्ञान र जैविक विविधतालाई कायम राख्दै वनमा आधारित उद्यम विकास गर्नुपर्नेमा जोड दिइन् । सामुदायिक वन उपभोक्ता महासङ्घकी अन्तर्राष्ट्रिय अध्यक्ष समेत रहेकी पाठकले मकवानपुर, चितवन र धादिङमा रहेका चेपाङ समुदायलाई आर्थिक गतिविधिमा जोड्ने उपयुक्त स्रोत चिउरी हुनसक्ने बताइन् । 

राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले आफूहरूले जनप्रतिनिधिमार्फत उपहार पठाएको बताए । उनले भने, ‘प्रधानमन्त्रीका लागि पठाइएको चिउरी चेपाङ समुदायको पहिचानसँग पनि जोडिएको छ, उहाँले खुसीका साथ ग्रहण गरिइदिनुभएकाले हामी हर्षित छौँ ।’

चेपाङ समुदायमा छोरीलाई विवाहमा चिउरीको बोट दाइजो दिने चलन छ । वनमा आधारित जीवनशैली अपनाउने र प्रकृतिका पुजारी चेपाङ समुदायले चिउरीको रूखलाई पनि सम्पत्ति मानेर दाइजो दिने गर्दछ । रासस
 

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ५ : ०१ बजे

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त

भियतनाममा बिरालो उद्धार अभियान

हो ची मिन्ह सिटी- भियतनामको हो ची मिन्ह सिटीमा प्रहरीले

ह्याट्रिक गरेपछि मेस्सीको सम्मानमा स्टेडियम नै जुरुक्क उठ्यो 

काठमाडौं– लियोनल मेस्सी फुटबल इतिहासकै महान् खेलाडी रहेको मंगलबार राति फेरि

रौतहटको सवारी व्यवस्थापनमा सुधार

रौतहट– मधेस प्रदेशको रौतहट जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालु

‘प्रेस स्वतन्त्रता, डिजिटल रूपान्तरण र ग्रामीण दूरसञ्चार विस्तार सरकारको प्राथमिकतामा’

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले अभिव्यक्ति स्वतन्त्रता,