कान्तिलोकपथ सडक पूर्ण रूपमा सञ्चालन « Khabarhub

कान्तिलोकपथ सडक पूर्ण रूपमा सञ्चालन


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

बागमती–  हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक आजदेखि सञ्चालनमा आएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित बगुवा खोलामा बेलीब्रिज निर्माणको काम सकिएपछि आज बिहान ११ बजेदेखि कान्तिलोकपथ सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । 

बगुवा खोलामा बेलीब्रिज निर्माण गर्नुपर्ने भन्दै यही जेठ २१ गतेदेखि सो सडक पूर्ण रूपमा बन्द गरिएको थियो । खोलामा बेलीब्रिज निर्माणको काम सकिएकाले सडक पूर्ण रूपमा सञ्चालन भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए। 

गत असोज १० देखि १२ गतेको वर्षाका कारण बागमती खोलामा आएको बाढीले सो सडक खण्डमा पर्ने बगुवा पुलको बेलीब्रिजको पहुँच मार्ग बगाएपछि डाइर्भसन बनाएर सवारीसाधन सञ्चालन हुँदै आएका थिए ।

यस्तै हेटौँडा–काठमाडौँ जोड्ने कुलेखानी–फाखेल–हुमाने सडक पनि यही जेठ २१ गतेदेखि सञ्चालनमा आइसकेको छ । 

सो सडकअन्तर्गत फाखेल महालक्ष्मी खोलादेखि हुमानेसम्म सडक कालोपत्र सकिएपछि सडक सञ्चालनमा आएको हो । सडक कालोपत्र गर्ने भन्दै जेठ २ गतेदेखि सडक बन्द गरिएको थियो । 

सो सडकमा कालोपत्र तथा केही खण्डमा ढलानको कामसमेत सम्पन्न भइसकेकाले सडक सञ्चालनमा ल्याइएको पूर्वाधार विकास कार्यालयका प्रमुख इञ्जिनियर सुजन भण्डारीले जानकारी दिए । उक्त सडकको केही भागमा कालोपत्रलगायत काम अझै जारी रहेको उनले बताए । रासस

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ५ : १५ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी