उमेर हदबारे ओली भन्छन्- फेल खाइसक्यो, मैले ७४ बाट ७० मा फर्किन मिल्दैन « Khabarhub

उमेर हदबारे ओली भन्छन्- फेल खाइसक्यो, मैले ७४ बाट ७० मा फर्किन मिल्दैन


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र ७० वर्षे उमेरहदको विषय फेल खाइसकेको बताएका छन् ।

अनेरास्ववियुको २४ औँ महाधिवेशनको उद्घाटन सत्रलाई काठमाडौंको कीर्तिपुरमा आइतबार सम्बोधनका क्रममा प्रधानमन्त्रीसमेत रहेका ओलीले स्वास्थ्यले साथ दिएसम्म नेतृत्व नछाड्ने पनि बताए

‘७० वर्ष उमेरको कुरा आयो । ७० वर्षे उमेरहदको विषय एमालेमा फेल खाइसक्यो । अहिले म ७४ चल्दैछु, ७० मा रिटायर्ड हुने भन्ने कुरा फेल खाएन त ? ४ वर्ष उमेर घटाउन भएन क्यारे,’ उनले भने

उमेरले भन्दा स्वास्थ्य र कार्यक्षमतालाई मुख्य कुरा बनाउनुपर्ने उनको तर्क थियो । ‘स्वास्थ्यले साथ दिन्छ दिँदैन, कार्यक्षमता हुन्छ कि हुँदैन मुख्य कुरा हो । चीनमा दुईपटक मात्रै अध्यक्ष हुन पाउने नियम बनाएको थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘सी चिनफिङको नेतृत्वको आवश्यकता देखेपछि चिनियाँ कम्युनिस्ट पार्टीले ६५ लगायो । अहिले उहाँ ७२ पुगिसक्नु भयो ।’

प्रधानमन्त्री ओलीले उमेरका कारण नभएर अन्य धेरै फ्याक्टर र आवश्यकता हुने बताए । उनले माधव नेपाल र झलनाथ खनाललाई ७० वर्षे उमेर पुगेर नहटाएको पनि बताए ।

‘उमेरले होइन अरु थुप्रै फ्याक्टर हुँदा रहेछन् । आवश्यकताहरू थुप्रै हुँदा रहेछन् । मै हुन्छु भन्ने होइन । कुनै एउटा जडसुत्रको रुपमा हेर्ने होइन,’ ओलीले भने, ‘माधव नेपाललाई ७० र झलनाथलाई ७० पुगेर हटाएको होइन । हटाउनुपर्ने हुँदो रहेछ । ७० पुगेर पनि हटाउन मिल्दो रहेनछ, मनमोहनजीलाई ७८ वर्षसम्म हटाएनौँ । उहाँ उमेर पुगेर, बितेर जानुभयो, हामीले हटाएका होइनौँ ।’

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ५ : ३६ बजे

साउदी राजधानी रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अवरूद्ध

रियाद- साउदी अरबको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो

सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई