‘हाउसफूल-५’को व्यापार अघिल्लो श्रृङ्खलाभन्दा राम्रो कि खराब ? | Khabarhub Khabarhub

‘हाउसफूल-५’को व्यापार अघिल्लो श्रृङ्खलाभन्दा राम्रो कि खराब ?


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड हिट फिल्म ‘हाउसफुल’ सिरिजको पाँचौ श्रृङ्खाला ‘हाउसफुल–५’ गत शुक्रबारबाट विश्वव्यापीरुपमा प्रदर्शनमा आएको छ ।

हिट श्रृङ्खला भएकाले यसको पर्खाइमा नेपाली दर्शकहरु पनि छन् । शुक्रबारदेखि नै नेपालका हलहरुमा यस फिल्म प्रदर्शनरत छ । नेपालका हलहरुले मंगलबार यस फिल्मलाई ८० भन्दा बढी शो दिएका छन् ।

स्टारकास्ट र ठूलो स्कलेमा खिचिएकाले यस फिल्मको लगानी २ सय करोड भारुभन्दा बढी रहेको विभिन्न भारतीय मिडियाहरुले लेखेका छन् ।

यो फिल्मले सुरुवाती दिनमा दर्शकबाट मध्यम प्रतिक्रिया पाएको छ । तर, फिल्मको व्यापार भने अघिल्ला श्रृङ्खलाको भन्दा बढी भएको पाइएको छ ।

‘हाउसफुल ५’ले घरेलु बजारमा पहिलो दिन शुक्रबार २४ करोडको ग्रस कलेक्सन गरेको छ । दोस्रो दिन शनिबार ३१ करोडको व्यापार गरेको छ ।

भारतीय बक्स अफिस ट्र्याकर स्याक्निल्कका अनुसार यस फिल्मको दुई दिनको व्यापार ५५ करोड पुगेको छ ।

आइतबारको भारतमा सार्वजनिक बिदा हुने भएकाले प्रदर्शनको तेस्रो दिन यसको व्यापार बढ्ने अनुमान गरिएको छ ।

कस्तो थियो अघिल्ला श्रृङ्खलाको व्यापार ?

‘हाउसफुल ५’ले सुरुवाती दुई दिनमा घरेलु बजारबाट विगतका श्रृङ्खलाभन्दा बढी ग्रस कलेक्सन गरेको छ ।

अंकका हिसाबले बढी ग्रस कलेक्सन बढी गरेको हो । तर, डेढ दशक पहिलाको ग्रस कलेक्सनलाई अहिलेको उछिन्नु स्वभाविक नै हो ।

यो चाहिँ भन्न सकिन्छ कि– ‘हाउसफुल ५’ ले विगतका सिरिजका ग्रस कलेक्सनभन्दा कम व्यापार गर्ने जोखिमलाई पार गरेको छ ।

सन् २०१९ मा ‘हाउसफुल ४’ प्रदर्शमा आएको थियो । त्यसको पहिलो दिनमा १९ करोड र दोस्रो दिनमा १८ करोड ग्रस कलेक्सन गरेको थियो । दुई दिनको कलेक्स्न ३७ करोड थियो ।

‘हाउसफुल ३’ सन् २०१६ मा प्रदर्शनमा आएको थियो । यसले पहिलो दिन १५ र दोस्रो दिन १६ करोडको ग्रस कलेक्सन गरेको थियो । अर्थात् सुरुवाती दुई दिनमा यसले ३१ करोडको व्यापार गरेको थियो ।

सन् २०१२ प्रदर्शनमा आएको ‘हाउसफुल २’ले सुरुवाती दुई दिनमा २४ करोडको व्यापार गरेको थियो । यसले पहिलो र दोस्रो दिन बराबरी १२ करोडको व्यापार गरेको थियो ।

‘हाउसफुल’ सन् २०१० मा प्रदर्शनमा आएको थियो । यसले पहिलो दिन १० र दोस्रो दिन ९ करोडको व्यापार गरेको थियो ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ६ : ४० बजे

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महाअष्टमी – शक्ति, आशीर्वाद र उत्सवको पर्व

काठमाडौं – दशैँको आठौँ दिन जसलाई अष्टमी वा महाअष्टमी भनिन्छ।

‘पिङमा मच्चिनुको मज्जै बेग्लै….’

म्याग्दी–  वर्षा कम हुँदै गएपछि शरदयाममा खुल्न थालेको निलो आकाश

नेपाल र वेस्ट इन्डिजको फाइनल भिडन्त आज

काठमाडौं – नेपालले आज वेस्ट इन्डिजसँगको टी-२० शृङ्खलाको फाइनल खेल्दैछ।

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर