स्कटल्याण्डले नेपाललाई दियो ३ सय २४ रनको विशाल लक्ष्य « Khabarhub

स्कटल्याण्डले नेपाललाई दियो ३ सय २४ रनको विशाल लक्ष्य


२५ जेष्ठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्कटल्याण्डले नेपाललाई ३ सय २४ रनको लक्ष्य दिएको छ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत आइतबार जारी खेलमा नेपालले विशाल लक्ष्य पाएको हो ।

स्कटल्याण्डको डन्डीस्थित फोर्टहिल मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय २३ रन बनायो ।

स्कटल्याण्डका लागि कप्तान रिची ब्यारिङ्टनले शतकीय पारी खेले । १ सय १४ बलको सामना गरेका उनले ६ चौका र ४ छक्काको मद्दतमा १ सय २ रन बनाए । त्यसैगरी, माइकल लिस्कले नट आउट ९६ रन जोडे । केबल ६२ बलको सामना गरेका उनले १२ चौका र ३ छक्का हिर्काए ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी र करण केसीले समान दुई विकेट लिए । ललीत राजवंशीले एक विकेट हात पारे ।

नेपालले गत बुधबार भएको खेलमा नेदरल्याण्ड्सलाई ५ विकेटले हराएको थियो । त्यसअघि पहिलो खेलमा बलियो मानिएको घरेलु टोलीमाथि नेपालले १ विकेटको रोमाञ्चक जित निकालेको थियो ।

नेपाल १४ खेलमा १० अंकका साथ लिगको सातौं स्थानमा छ भने १७ खेलमा २० अंकका साथ स्कटल्याण्ड चौथो स्थानमा छ ।

सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छन् ।

पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोटको प्लेअफ खेल्नुपर्ने छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  ७ : २३ बजे

नेपाल भ्रमणमा रहेको चिनियाँ सांस्कृतिक टोली सम्मानित

काठमाडौँ- नेपाल भ्रमणमा रहेको चिनियाँ साहित्यिक एवं सांस्कृतिक प्रतिनिधिमण्डलका सदस्य

जय नेपाल पार्टीको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ– जय नेपाल पार्टीले यही कात्तिक १६ गतेका लागि तय

मनोहरा नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह (तस्बिरहरू) 

काठमाडौँ  – लगातारको वर्षाका कारण ललितपुरको च्यासलस्थित मनोहरा नदीमा पानीको

वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल स्थगित

काठमाडौँ– लगातारको वर्षाका कारण तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

नेपाललाई क्षेत्रीय मेडिकल हब बनाउने लक्ष्यसहित कार्यदल गठन गरिने

काठमाडौँ– सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने