आङ खस्ने समस्याबाट पीडित १५ जनाको शल्यक्रिया | Khabarhub Khabarhub

आङ खस्ने समस्याबाट पीडित १५ जनाको शल्यक्रिया


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

टक्सार– जिल्ला अस्पताल भोजपुरमा सञ्चालन भएको शिविरमा आङ खस्ने समस्या भएका १५ जनाको शल्यक्रिया गरिएको छ ।

आयोजित निःशुल्क शल्यक्रिया शिविरमा उनीहरूको शल्यक्रिया गरिएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख राजु श्रेष्ठले जानकारी दिए । 

प्रमुख श्रेष्ठले भने, ‘समस्या भएर पनि उपचार नपाउनु भएकालाई लक्षित गरी शिविर आयोजना गरिएको थियो, जसमा १५ जनाले शल्यक्रिया सेवा लिनुभयो ।’ 

जिल्ला स्वास्थ्य कार्यालय भोजपुरको आयोजना तथा जिल्ला अस्पताल भोजपुरको समन्वयमा भएको शिविरमा भोजपुर अस्पताल, दमक अस्पताल, धनकुटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले सेवा प्रदान गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

डा पवित्रा श्रेष्ठ, डा विजय रानाभाट, एनेस्थेसिया अम्बिका ढकाल लगायतको टिमले शिविरमा सेवा दिएको थियो । रासस

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ७ : ३२ बजे

एक महिनामा वार्षिक लक्ष्यको ६ दशमलव ८५ प्रतिशत राजस्व सङ्कलन

झापा– आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२–८३ को

पर्यटन विभागले सेवालाई प्रविधिमैत्री बनाउने

काठमाडौं– पर्यटन विभागले आफ्नो सेवालाई व्यवस्थित र प्रविधिमैत्री बनाउने भएको

लिपुलेकबारे डा. भट्टराईको टिप्पणी :  नेपाली भूभागबारे नेपालको सहमतिबिना गरिने सम्झौता अमान्य  

काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् परराष्ट्र विज्ञ डा.

४६ वर्षपछि पर्दामा पुनर्मिलन गर्ने तयारीमा रजनीकान्त र कमल

काठमाडौं – तमिल सिनेमाका दुई महानायक रजनीकान्त र कमल हासन

ताराखोला गाउँ जलविद्युतको ‘हब’ : एउटै खोलामा ६ वटा आयोजना 

बागलुङ– बागलुङको ताराखोला गाउँपालिका जलविद्युतको हबका रूपमा विकास भएको छ