सदनको गतिरोध अन्त्य गर्न दलहरू समझदारी नजिक पुगेको छन् : महेश बर्तौला « Khabarhub

सदनको गतिरोध अन्त्य गर्न दलहरू समझदारी नजिक पुगेको छन् : महेश बर्तौला


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सदनको गतिरोध अन्त्य गर्न दलहरू समझदारी नजिक पुगेको बताएका छन्  ।  

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रतिपक्षीले राखेका विषयमा निरन्तर छलफल भइरहेको र सदनको गतिरोध अन्त्य गर्न दलहरू समझदारी नजिक पुगेको बताएका हुन् ।

उनले सोमबार संसद् बैठक अघि निरन्तर छलफल हुने र दिउँसो २ बजे बस्ने बैठक सहज रूपमा सञ्चालन हुने गरी आइतबारको छलफल टुङ्गिएको उल्लेख गरे ।

बर्तौलाले राज्यको निकायमा हुने गरेका भ्रष्टाचारजन्य कार्य नियन्त्रण गर्न सरकारले प्रतिबद्धता जनाउने गरी छलफल अघि बढेको धारणा राखे ।  

उनले दलहरुबीच समझदारीको कुनै ड्राफ्ट भने अहिलेसम्म नबनेको उल्लेख गरे । 

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ७ : ५० बजे

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै