गणतन्त्रप्रति अनास्था र वितृष्णा फैलाउने समाचारप्रति सचेत हुनुपर्दछः मुख्यमन्त्री पाण्डे « Khabarhub

गणतन्त्रप्रति अनास्था र वितृष्णा फैलाउने समाचारप्रति सचेत हुनुपर्दछः मुख्यमन्त्री पाण्डे


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति अनास्था र वितृष्णा फैलने समाचारप्रति सञ्चारजगत् सचेत हुनुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको आयोजना र प्रदेश सरकारको सहयोगमा आजदेखि पोेखरामा सुरु भएको मल्टिमिडिया तालिमको उद्घाटन गर्दै उनले नेता र दलहरूले गरेका गल्तीका लागि व्यवस्थाप्रति नै निराशा र वितृष्णा फैलने गरी प्रचारप्रसार गर्न नहुने बताए ।

मुख्यमन्त्री पाण्डेले भने, “सरकारबाट समेत गल्ती हुन सक्दछ र त्यसका लागि दण्ड दिने व्यवस्था संविधानमा छ, जनताले दण्ड दिन सक्दछन् । गल्ती र कमजोरीलाई आत्मसात् नगरे जनताले निर्वाचनमा दण्ड दिन सक्दछन्, तर जनसङ्घर्षबाट फालिएको राजतन्त्र स्थापना गर्ने प्रयत्न भयो भने त्यो अवस्था रहँदैन ।”

उनले निरङ्कुशताको पहिलो सिकार जहिले पनि पत्रकारिता हुँदै आएको भन्दै जनताको मुख थुन्नुअघि पत्रकारिताको मुख बन्द गर्दै गरिँदै आएको इतिहास सम्रण गरे । “आफूले आफैँलाई विसं २०५९ तिर लैजानुहोस् र विगतको अनुभव गर्नुहोस् । पहिलो सिकार पत्रकारिता हुँदै आएको छ”, मुख्यमन्त्री पाण्डेले भने ।

उनले सरकारले प्रेस स्वतन्त्रताको सम्मान र आवश्यक नियमन भने गर्ने बताए । उनले पत्रकारिता जगत्ले सकारात्मक सोच र केही गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउने गरी समाचार सम्प्रेषण गर्न आवश्यक रहेको उल्लेख गरे। लोकतन्त्रको स्थापना गर्न सञ्चार जगत्को पनि महत्वपूर्ण भूमिका रहेको भन्दै मुख्यमन्त्री पाण्डेले प्रेस रजिस्ट्रार कार्यालयमार्फत मिडियाका लागि नवीनतम कार्यक्रम सञ्चालन गरिने उल्लेख गरे।

पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिका अध्यक्ष रमेश पौडेलले प्रविधिको विकाससँगै सञ्चारकर्मीलाई दक्ष र सीपयुक्त बनाउनका लागि तालिम आयोजना गरिएको बताए। सोमबारसम्म सञ्चालन हुने तालिममा गण्डकी प्रदेशका ११ जिल्लाका ४० जना पत्रकारको सहभागिता रहेको प्रदेश समितिका महासचिव जमुना शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ८ : २५ बजे

प्रदीप पौडेलले भने- सरकारले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तत्काल भदौ २३ र

दोस्रो विश्वयुद्धपछि सबैभन्दा हिंसात्मक चरणमा विश्व : संयुक्त राष्ट्र

एजेन्सी– विश्व अहिले दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा हिंसात्मक चरणबाट गुज्रिरहेको

निर्वाचन लोकतन्त्रको मेरुदण्ड : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको

ट्रम्पको दाबी- इरान अमेरिकासँग सम्झौता गर्न तयार छ

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा महत्त्वपूर्ण प्रस्ताव आएको