मानवीय सहायता बोकेको जहाज गाजातर्फ, इजरायली सेनालाई रोक्न आदेश « Khabarhub

मानवीय सहायता बोकेको जहाज गाजातर्फ, इजरायली सेनालाई रोक्न आदेश


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

यरुशलेम – इजरायलले आइतबार गाजातर्फ जाँदै गरेको एक मानवीय राहत बोकेका ‘पानीे जहाज’ लाई रोकिने निर्णय गरेको छ । उक्त पानीे जहाजमा विश्वप्रसिद्ध वातावरण अभियन्ता ग्रेटा थनबर्ग समेत सहभागी रहेको जनाइएको छ ।

इजरायली रक्षा मन्त्री इस्राएल काट्जले एक विज्ञप्तिमार्फत् जानकारी दिँदै भने, “मैले सुरक्षाकर्मीहरूलाई म्याडलीन नामको जहाज गाजाको समुद्री क्षेत्रमा प्रवेश गर्न नदिन निर्देशन दिएको छु ।”

उहाँले उक्त अभियानका केही सहभागीहरूलाई लिएर गम्भीर टिप्पणी गर्दै भने, “गाजातर्फको यात्रा रोक्नुहोस्, तपाईंहरूलाई त्यहाँ पुग्न दिइने छैन ।”

म्याडलीन नामक जहाज जुन १ मा इटालीबाट प्रस्थान गरेको हो । यो जहाज स्वतन्त्र राहत अभियान समूहद्वारा सञ्चालन गरिएको हो । अभियानको उद्देश्य लामो समयदेखि जारी गाजाको समुद्री नाकाबन्दीको शान्तिपूर्ण विरोध गर्नु र त्यहाँका जनतालाई राहत सामग्री पु-याउनु हो ।

आयोजकहरूका अनुसार जहाज हाल इजिप्टको जलक्षेत्रमा प्रवेश गरिसकेको छ र गाजातर्फ अगाडि बढिरहेको छ । गाजामा जारी द्वन्द्व अहिले २१ औँ महिनामा प्रवेश गरिसकेको छ ।

रक्षा मन्त्री काट्जले थपे, “इजरायलले गाजातर्फ कुनै पनि किसिमको नाकाबन्दी तोड्ने प्रयासलाई स्वीकार गर्ने छैन, जसको उद्देश्य हमासजस्ता आतङ्ककारी समूहसम्म हातहतियार पु¥याउने सम्भावना हुन सक्छ । इजरायल शान्ति र सुरक्षा कायम राख्न प्रतिबद्ध छ ।”

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ९ : ०८ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा