कन्काईमा निर्माणाधीन तटबन्धको कामलाई चाँडो सक्न ऊर्जामन्त्रीको निर्देशन « Khabarhub

कन्काईमा निर्माणाधीन तटबन्धको कामलाई चाँडो सक्न ऊर्जामन्त्रीको निर्देशन


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले झापाको कन्काई नदीमा निर्माणाधीन तटबन्धको कामलाई चाँडो सक्न कर्मचारीलाई निर्देशन दिएका छन्।

झापाको कन्काई नदीमा निर्माणाधीन तटबन्धको आज स्थलगत निरीक्षण गर्दै मन्त्री खड्काले बर्सात अगाडि नै तटबन्धनको काम सकेर जोखिम न्यूनीकरणमा लाग्न निर्देशन दिएका हुन् । उनका समयमै काम सम्पन्न नभए कम्तीमा १०० भन्दा बढी घरधुरी पूर्ण रूपमा विस्थापित हुने जोखिम रहेको बताए ।

गत असोज १० देखि १२ गते परेको अविरल वर्षाका कारण कन्काई नदीमा आएको बाढीले हुलाकी राजमार्ग नजिक करिब ७०० मिटर क्षेत्र तटबन्धमा क्षति पुगेको थियो । सो क्षेत्रको पुनःनिर्माण अझै नपुगेकाले बस्ती, खेती, पशुधन र सम्पूर्ण जीविकोपार्जनमा प्रतिकूल असर पर्ने खतरा बढेको भन्दै मन्त्री खड्का स्थलगत निरीक्षणमा पुगेका हुन् ।

“ठेक्का प्रक्रिया होस् वा विपद् व्यवस्थापन बजेट जुनसुकै उपाय अपनाएर भए पनि तटबन्ध पुनःनिर्माण कार्य समयमै सम्पन्न हुनुपर्छ, तटबन्ध निर्माणमा बजेट अभाव हुन दिइँदैन,” मन्त्री खड्काले भने।

सो अवसरमा जनताको तटबन्ध कार्यक्रम झापाका प्रमुख इञ्जिनियर विजयकुमार रेग्मीले १२ महिनाको लक्ष्यसहित सुरु गरिएको योजनाको पहिलो दुई महिनामै ६० प्रतिशत कार्य सम्पन्न भइसकेको जानकारी दिए ।

विद्युत् सेवा चुस्त बनाउन निर्देशन

यसैबीच मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरण विर्तामोड वितरण केन्द्रको अनुगमन गर्दै सेवा प्रवाहमा कुनै पनि प्रकारको लापरबाही नगर्न निर्देशन दिए । “जनतालाई अवरोधविहीन विद्युत् सेवा उपलब्ध गराउनु हाम्रो प्रमुख दायित्व हो, लाइफ लस र सप्लाई लस दुवैको सम्भावना शून्य हुनेगरी प्रणाली विकास गर्न आवश्यक छ,” उनले भने।

मन्त्री खड्काले डेडिकेटेड र ट्रङ्क लाइनसम्बन्धी बक्यौता असुलीमा कडाइ गर्न, नियमित बिल तिर्ने उपभोक्तालाई प्रोत्साहन गर्न तथा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने व्यवस्था मिलाउनुपर्ने बताए ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ९ : ३२ बजे

प्रदीप पौडेलले भने- सरकारले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तत्काल भदौ २३ र

दोस्रो विश्वयुद्धपछि सबैभन्दा हिंसात्मक चरणमा विश्व : संयुक्त राष्ट्र

एजेन्सी– विश्व अहिले दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा हिंसात्मक चरणबाट गुज्रिरहेको

निर्वाचन लोकतन्त्रको मेरुदण्ड : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको

ट्रम्पको दाबी- इरान अमेरिकासँग सम्झौता गर्न तयार छ

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा महत्त्वपूर्ण प्रस्ताव आएको