ओडीआईमा दीपेन्द्रको एक हजार रन पूरा « Khabarhub

ओडीआईमा दीपेन्द्रको एक हजार रन पूरा


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले अन्तराष्ट्रिय एक दिवसीय क्रिकेटमा एक हजार रन पूुरा गरेका छन् । स्कटल्याण्डविरुद्धको खेलमा ६ रन कटाएसँगै उनले ओडीआई क्रिकेटमा एक हजार रनको आँकडा पुरा गरेका हुन् ।

यसअघि ६२ खेलमा ९९४ रन बनाएका ऐरीलाई एक हजार रनको आँकडा पुरा गर्न ६ रन मात्र आवश्यक थियो । ६३ ओडीआई खेल खेलेका ऐरीले एक शतक र तीन अर्धशतक प्रहार गरेका छन् । ओडीआईमा उनको उच्च स्कोर १०५ रन रहेका छ ।

दीपेन्द्र नेपाली टोलीका भरपर्दो र विष्फोटक ब्याट्सम्यानको रुपमा चिनिन्छन् । उनले टि–ट्वान्टी आईमा अहिले सम्म १७५६ रन बनाएका छन् ।

नेपालका लागि ओडिआईमा १ हजार रन पूरा गर्ने दीपेन्द्र पाँचौ खेलाडी हुन् । यसअघि कप्तान रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल र आरिफ शेखले ओडीआईमा एक हजार रनका आँकडा पार गरिसकेका छन् ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  १० : ४१ बजे

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ