टेक्सासमा बाढीले सय बढीको मृत्यु, अझै धेरै पानी पर्ने पूर्वानुमान « Khabarhub

टेक्सासमा बाढीले सय बढीको मृत्यु, अझै धेरै पानी पर्ने पूर्वानुमान


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

टेक्सास – अमेरिकाको टेक्सासमा बाढीका कारण मर्नेको सङ्ख्या १०० नाघेको छ। केयर काउन्टीमा मात्र ८४ जनाको ज्यान गएको पुष्टि भएको छ। चार दिनसम्म पनि हराउनेको खोजी कार्य भइरहेको छ। अझ थुप्रै हराइरहेका छन्। किस्टिक क्याम्पमा २७ छात्रा मरेको पुष्टि भइसकेको छ। त्यहाँ पनि अझ धेरै जना हराइ रहेका छन्।

त्यस क्षेत्रमा अझै गर्जनसहित वर्षा हुने अनुमान गरिएको छ। चार दिन अगाडि धेरै पानी परेको थियो। समयमै ठुलो पानी पर्ने चेतावनी दिइए पनि बिहानको समयमा निदाइ रहेका धेरै जना ब्युँझन पाएनन्। क्याम्पमा बिदा मनाउन गएका धेरै विद्यार्थीले ज्यान गुमाए।

सबै भन्दा धेरै मानिसको ज्यान गएको केयरमा अझै १० बालबालिका तथा एक जना काउन्सिलर हराइरहेका छन्। केन्डलमा ६ जनाको ज्यान गएको छ। अहिले पनि टेक्सासमा पानी परिरहेको छ। सबैलाई सावधान रहनका लागि भनिएको छ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ५ : ५८ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६