त्रिशूली नदीमा आएको बाढीबाट जोगिन र सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह « Khabarhub

त्रिशूली नदीमा आएको बाढीबाट जोगिन र सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली नदीमा आएको बाढीबाट जोगिन आसापासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका छन्।

सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले जल तथा मौसम विज्ञान विभागको सूचनालाई ध्यान दिएर आवश्यक सतर्कता अपनाउन आग्रह गरेका हुन्। प्रधानमन्त्री ओलीले विपत व्यवस्थापन कार्यालयले दिएका सम्पर्क नम्बरहरु, सुरक्षा निकाय तथा सुरक्षाकर्मीको सम्पर्कमा रहन सबैलाई अनुरोध पनि गरेका छन्। प्रधानमन्त्रीले भनेका छन्, ‘सुरक्षित होउँ,अरुलाई पनि सुरक्षित राखौं।’

गएराती आएको बाढीले रसुवामा ठूलो क्षति गरेको छ। केही मानिस बाढीमा बगेको अनुमान गरिएको छ। बाढीमा फसेकाको उद्धारका लागि सरकारले हेलिकप्टर परिचालन गरेको छ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ८ : ४१ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड