फलफूल तथा तरकारीको मूल्य : माल्द आँपको ११० रुपैयाँ, दशहरीको कति ? « Khabarhub

फलफूल तथा तरकारीको मूल्य : माल्द आँपको ११० रुपैयाँ, दशहरीको कति ?


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार मंगलबार नेपाली ठूलो गोलभेँडाको थोक मूल्य प्रतिकेजी ७५ रुपैयाँ पुगेको छ । त्यस्तै, गोलभेँडा सानो (लोकल) प्रतिकेजी ३८, गोलभेँडा सानो (टनेल) प्रतिकेजी ५७, आलु रातो प्रतिकेजी ४६, आलु रातो (भारतीय) प्रतिकेजी ३८ र आलु रातो (मुडे) प्रतिकेजी ३८ रुपैयाँ पुगेको छ ।

यस्तै, प्याज सुकेको (भारतीय) प्रतिकेली ४५ रुपैयाँ, गाजर (लोकल) ८०, गाजर (तराई) ६०, बन्दा (लोकल) ३५, काउली स्थानीय ७०, काउली तराई ५५, रातो मूला ४०, सेतो मूला (हाइब्रिड) २५, भन्टा लाम्चो ३५, भन्टा डल्लो ५०, तने बोडी ४० र मकै बोडी प्रतिकेजी ७० रुपैयाँ कायम भएको छ ।

यसैगरी, मटरकोसा २०० रुपैयाँ, घिउ सिमी (लोकल) ६०, घिउ सिमी (हाइब्रिड) ५०, घिउ सिमी (राजमा) १००, टाटे सिमी ९०, भटमास कोसा १६०, तीतो करेला ४०, लौका ३५, परबर (तराई) ४०, चिचिण्डो ३५, घिरौँला ६०, झिगुनी ६०, फर्सी पाकेको ४५, फर्सी हरियो (लाम्चो) ६०, हरियो फर्सी (डल्लो) ५०, भिण्डी ६५ रुपैयाँ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकेजी ८० रुपैयाँ, पिँडालु ७०, स्कूस ५०, रायोसाग १२०, पालुङ्गो साग १८०, तोरीको साग ७०, हरियो प्याज २१०, च्याउ (कन्य) २००, च्याउ (डल्ले) ४००, कुरिलो २५०, निगुरो १०० रुपैयाँ निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी ७० रुपैयाँ, चुकुन्दर ७०, सजिवन १७०, रातो बन्दा १८०, जिरीको साग प्रतिकेजी १००, ग्याठकोभी ७०, सेलरी १४०, पार्सले १०००, पुदिना प्रतिकेजी १७०, इमली २००, तामा १६०, तोफु १२० र गुन्द्रुक प्रतिकेजी ३५० रुपैयाँ तोकिएको छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी २५० रुपैयाँ, स्याउ (फुजी) ३५०, केरा (दर्जन) १४५, कागती १३०, अनार ३५०, आँप (माल्द) ११०, आँप (दशहरी) ११०, अङ्गुर (हरियो) २५०, मौसम २००, जुनार २५०, भुइँकटहर प्रतिगोटा १७०, काँक्रो (लोकल) ६५, काँक्रो (हाइब्रिड) २०, रुखकटहर ६०, नास्पाती (लोकल) प्रतिकिलो ६०, नास्पाती (चाइनिज) २३०, मेवा (भारतीय) १०० रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी ११०, खुर्सानी सुकेको ३५०, खुर्सानी हरियो ४०, खुर्सानी हरियो (बुलेट) २५, खुर्सानी हरियो माछे ७०, खुर्सानी अकबरे प्रतिकिलो २५०, भेडे खुर्सानी ११०, लसुन हरियो १२०, हरियो धनियाँ २००, लसुन सुकेको चाइनिज २००, लसुन सुकेको नेपाली १७०, छ्यापी सुकेको २००, छ्यापी हरियो १२०, ताजा माछा (रहु) ३३०, ताजा माछा (बचुवा) ३२०, ताजा माछा (छडी) २४०, राजा च्याउ ३०० र सिताके च्याउ प्रतिकेजी ९०० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  १० : ४३ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्