फलफूल तथा तरकारीको मूल्य : माल्द आँपको ११० रुपैयाँ, दशहरीको कति ? « Khabarhub

फलफूल तथा तरकारीको मूल्य : माल्द आँपको ११० रुपैयाँ, दशहरीको कति ?


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार मंगलबार नेपाली ठूलो गोलभेँडाको थोक मूल्य प्रतिकेजी ७५ रुपैयाँ पुगेको छ । त्यस्तै, गोलभेँडा सानो (लोकल) प्रतिकेजी ३८, गोलभेँडा सानो (टनेल) प्रतिकेजी ५७, आलु रातो प्रतिकेजी ४६, आलु रातो (भारतीय) प्रतिकेजी ३८ र आलु रातो (मुडे) प्रतिकेजी ३८ रुपैयाँ पुगेको छ ।

यस्तै, प्याज सुकेको (भारतीय) प्रतिकेली ४५ रुपैयाँ, गाजर (लोकल) ८०, गाजर (तराई) ६०, बन्दा (लोकल) ३५, काउली स्थानीय ७०, काउली तराई ५५, रातो मूला ४०, सेतो मूला (हाइब्रिड) २५, भन्टा लाम्चो ३५, भन्टा डल्लो ५०, तने बोडी ४० र मकै बोडी प्रतिकेजी ७० रुपैयाँ कायम भएको छ ।

यसैगरी, मटरकोसा २०० रुपैयाँ, घिउ सिमी (लोकल) ६०, घिउ सिमी (हाइब्रिड) ५०, घिउ सिमी (राजमा) १००, टाटे सिमी ९०, भटमास कोसा १६०, तीतो करेला ४०, लौका ३५, परबर (तराई) ४०, चिचिण्डो ३५, घिरौँला ६०, झिगुनी ६०, फर्सी पाकेको ४५, फर्सी हरियो (लाम्चो) ६०, हरियो फर्सी (डल्लो) ५०, भिण्डी ६५ रुपैयाँ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकेजी ८० रुपैयाँ, पिँडालु ७०, स्कूस ५०, रायोसाग १२०, पालुङ्गो साग १८०, तोरीको साग ७०, हरियो प्याज २१०, च्याउ (कन्य) २००, च्याउ (डल्ले) ४००, कुरिलो २५०, निगुरो १०० रुपैयाँ निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी ७० रुपैयाँ, चुकुन्दर ७०, सजिवन १७०, रातो बन्दा १८०, जिरीको साग प्रतिकेजी १००, ग्याठकोभी ७०, सेलरी १४०, पार्सले १०००, पुदिना प्रतिकेजी १७०, इमली २००, तामा १६०, तोफु १२० र गुन्द्रुक प्रतिकेजी ३५० रुपैयाँ तोकिएको छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी २५० रुपैयाँ, स्याउ (फुजी) ३५०, केरा (दर्जन) १४५, कागती १३०, अनार ३५०, आँप (माल्द) ११०, आँप (दशहरी) ११०, अङ्गुर (हरियो) २५०, मौसम २००, जुनार २५०, भुइँकटहर प्रतिगोटा १७०, काँक्रो (लोकल) ६५, काँक्रो (हाइब्रिड) २०, रुखकटहर ६०, नास्पाती (लोकल) प्रतिकिलो ६०, नास्पाती (चाइनिज) २३०, मेवा (भारतीय) १०० रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी ११०, खुर्सानी सुकेको ३५०, खुर्सानी हरियो ४०, खुर्सानी हरियो (बुलेट) २५, खुर्सानी हरियो माछे ७०, खुर्सानी अकबरे प्रतिकिलो २५०, भेडे खुर्सानी ११०, लसुन हरियो १२०, हरियो धनियाँ २००, लसुन सुकेको चाइनिज २००, लसुन सुकेको नेपाली १७०, छ्यापी सुकेको २००, छ्यापी हरियो १२०, ताजा माछा (रहु) ३३०, ताजा माछा (बचुवा) ३२०, ताजा माछा (छडी) २४०, राजा च्याउ ३०० र सिताके च्याउ प्रतिकेजी ९०० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  १० : ४३ बजे

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

काठमाडौं–  निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की

हर्क साम्पाङले दर्ता गराए उम्मेदवारी

काठमाडौं- धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष

बालेन उम्मेदवारी दिन जाँदा… (तस्बिरहरू)

झापा– प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) साहले मंगलबार मध्यान्ह

लामो समय नदेखिएका दाजु रामशरणको तस्बिर प्रकाशशरणले राखे सामाजिक सञ्जालमा

काठमाडौं– लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका पूर्व अर्थमन्त्री डा. रामशरण

ओलीलाई दमकका मेयरले भने- जसले मेरो घर जलाए उनैले बालेनलाई भाडामा राखेका छन्

दमक– दमक नगरपालिकाका मेयर राम थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई