संसदलाई मर्यादित, व्यवस्थित र गरिमामय बनाउन कांग्रेसको आग्रह  « Khabarhub

संसदलाई मर्यादित, व्यवस्थित र गरिमामय बनाउन कांग्रेसको आग्रह 


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले संघीय संसद र प्रदेशसभालाई मर्यादित बनाउनका लागि प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई निर्देशन दिएको छ ।

सोमबार राति सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसद र संसदीय दललाई मर्यादित भूमिका निर्वाह गर्न निर्देशन दिएको हो ।

‘संसदलाई मर्यादित, व्यवस्थित र गरिमामय बनाउन प्रभावकारी भूमिका निर्वाह गर्न नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका माननीय सदस्य एवं संसदीय दललाई यो बैठक निर्देशित गर्दछ,’ बैठकपछि मध्यरातमा जारी विज्ञप्तिमा भनिएको छ ।

संसद जनताको सार्वभौम अधिकारको प्रतिनिधित्व गर्ने राज्यको सर्वोच्च अंग भएको स्मरण गर्दै कांग्रेसले संसदको सञ्चालन, व्यवस्थापन र सांसदहरूको आचरण, व्यवहार तथा प्रस्तुत हुने कार्यशैली र क्षमताले नै संसदको गरिमालाई उजागर गर्ने र राष्ट्रको प्रतिष्ठा कायम हुने विज्ञप्तिमा जनाइएको छ ।

आगामी आर्थिक वर्षको बजेट ल्याउन नसकेका पालिकाहरूलाई कांग्रेसले समयमै बजेट, कार्यक्रम तथा योजनाहरू प्रस्तुत गरी जनप्रतिनिधि र स्थानीय सरकारप्रति जनताको विश्वास र भरोसा कायम गर्न पनि बैठकमार्फत् अपील गरेको छ ।

स्थानीय सरकारको कार्यशैली र राजनीतिक समझदारीको अभावमा केही पालिकाहरुले हालसम्म पनि बजेट प्रस्तुत गर्न नसकेको स्थितिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

सरकारले निजी क्षेत्रलाई चलायमान बनाउन संसदबाट पारित गरेका नागरिकता ऐन, भ्रष्टाचार निवारण ऐनजस्ता महत्वपूर्ण ऐन पास गरी सुशासनको क्षेत्रमा केही सुधारका कदमहरु अगाडि बढाएको कांग्रेसको ठहर छ ।

निजामती सेवा विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदनमा देखिएका गडबडी र कमीकमजोरीलाई संसदीय प्रक्रियाबाटै समाधान गरी संसदको गरिमा र विश्वसनीयतालाई कायम राख्नु पर्नेमा कांग्रेसको जोड छ । 

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  १२ : ०९ बजे

कांग्रेसको १५औँ महाधिवेशनमा पुगे एमाले महासचिव पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले)का महासचिव

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी

किभमा रुसको तीव्र हवाई प्रहार : विदेशी कूटनीतिज्ञलाई तत्काल सहर छाड्न रुसको कडा चेतावनी

काठमाडौं– रुसले युक्रेनको राजधानी किभमा थप भीषण प्रहार गर्ने चेतावनी