पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिँचाइ पोखरी « Khabarhub

पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिँचाइ पोखरी


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

वालिङ– यहाँको वालिङ नगरपालिका–१३ कटौंजेमा रहेको पुरानो सिँचाइ पोखरी पक्की बनाइएको छ । २०१० सालमा स्थानीयले पानी संकलन गरी सिँचाइ गर्ने उद्देश्यले निर्माण गरिएको पोखरी पक्की बनाइएको हो ।

गण्डकी प्रदेश सरकारले सिँचाइ प्रयोजनार्थ सो पोखरीलाई आधुनिक तवरले निर्माण गरी पानी संकलन गर्न २० लाख बजेट विनियोजन गरेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्राविधिक शिवराज थापाले जानकारी दिए ।

‘वर्षौंदेखिको पुरानो माटे पोखरीमा पानी संकलन गरेर खेतीपातीमा कृषकले प्रयोग गर्दै आउनुभएको रहेछ,’ उनले भने, ‘माटे पोखरीमा पानी संकलन गर्दा नअडिने, चुहिएर समस्याबाट सास्ती खेपेका कृषकलाई पोखरी पक्की बनेपछि सहज हुने छ ।’

पोखरी १६ मिटर लम्बाइ, आठ मिटर चौडाइ र डेढ मिटर उचाइको छ । पोखरीमा दुई लाख २५ हजार लिटर पानी संकलन गर्न सकिन्छ । कृषकलाई पानी आवश्यक हुँदा खोल्नका लागि ‘गेटबल’ र दुईवटा शाखा कुलो निर्माण गरिएको छ । पोखरीसँगै खेतमा पानी पु(याउन ६० मिटर कुलो पक्की बनाइएको छ ।

कटौंजे सिँचाइ तथा पोखरी व्यवस्थापन उपभोक्ता समितिमार्फत बाउबाजेले निर्माण गरेको पुरानो माटे पोखरीलाई पक्की बनाइ व्यवस्थित गरिएको उपभोक्ता समितिका अध्यक्ष बालप्रसाद डुम्रेले बताए। उनले भने, ‘अब पोखरीमा संकलन गरिएको पानी चुहिएर खेर जाने समस्या हुँदैन, खेतीपातीमा पानी लगाउन सहज हुने छ ।’

एक हजार १५० मिटर टाढाको ठूलो खोलामा बाँध बाँधेर पाइपमार्फत पोखरीमा पानी ल्याइएको छ । खोलाबाट पोखरीसम्म पानी ल्याउन वालिङ नगरपालिकाले पटक पटक गरी रु ११ लाख सहयोग गरेको उपभोक्ता समितिका अध्यक्ष डुम्रेले बताए ।

पोखरीमा संकलित पानीले ३५० रोपनी क्षेत्रफलमा सिँचाइ गर्न सकिने भएको हो । वर्षौँदेखि सिँचाइ अभावमा खेतीपाती गर्दै आएका कृषक सिँचाइ पोखरी निर्माण भएसँगै हर्षित बनेका छन् ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  १ : ०१ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर