विपत्‌को घडीमा सबै एकजुट भएर उभिनुपर्छ : अमरेशकुमार सिंह « Khabarhub

विपत्‌को घडीमा सबै एकजुट भएर उभिनुपर्छ : अमरेशकुमार सिंह


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र सांसद अमरेशकुमार सिंहले विपत्‌को घडीमा पक्ष-विपक्ष नभनेर सबै एक ठाउँमा उभिएर राहत र उद्धार कार्यमा जुट्नु पर्ने बताएका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले रसुवामा आएको बाढीले पुर्‍याएको ‘ यस्तो विपत्‌को घडीमा हामी पक्ष-विपक्ष एक ठाउँमा उभिएर राहत कार्यमा जुट्नु पर्छ, उद्धार कार्यमा जुट्नुपर्छ,’ सांसद सिंहले भने । 

उनले सरकारलाई अविलम्ब बाढीपीडितको उद्धार र राहत कार्य एकसाथ अघि बढाउन पनि आग्रह गरे । 

‘सरकारले अविलम्ब राहत र उद्धार सँगसँगै लग्नु पर्छ,’ सिंहले भने, ‘कहिले उद्धारमा लाग्छ तर राहतमा पछि पर्छ । दुइटै सँगसँगै जानु पर्छ ।’

उनले सरकारले दैनिक रुपमा गर्दै आएका कामहरू छाडेर प्राकृतिक विपत्‌को सामना गर्नुपर्ने र आगामी दिनमा क्षति नहुन दिन सजगता अपनाउनुपर्नेमा पनि जोड दिए ।  

‘अरु दैनिक काम गर्नुभन्दा यस्तो प्राकृतिक विपत्तिमा सरकारको काम सम्बन्धित ठाउँमा हुनुपर्छ । सुरक्षा निकायका ध्यान सम्बन्धित ठाउँमा हुनुपर्छ,’ सांसद सिंहले भने, ‘आगामी दिनमा यस्तो क्षति नहोस् भन्नका लागि सरकारले सजगता अपनाउनुपर्छ ।’

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  २ : ०५ बजे

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक