सामान्य अंकले घट्यो नेप्से, कारोबार साढे ६ अर्ब बढी « Khabarhub

सामान्य अंकले घट्यो नेप्से, कारोबार साढे ६ अर्ब बढी


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले घटेको छ । बजार बन्द हुँदा नेप्से ०.१४ अंकले घटेको छ । लगातार ६ कारोबार दिन पछि सोमबार नेप्सेमा करेक्सन देखिएको थियो । मंगलबार बजार बराबर जस्तै रहेको छ । 

बजारमा सामान्य गिरावट आउँदा  ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार रुपैयाँ बराबरको १ करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर कारोबार भएको छ । 

मंगलबार १३३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । 

दिनभरमा ३०४ वटा कम्पनी कारोबारमा आउँदा ५६ हजार २७६ पटक शेयर किनबेच भएको छ । 

१३ समूहमध्ये ७ समूह बढेको छ भने ६ समूह घटेको छ । सबैभन्दा बढी फाइनान्स समूह १.२५ प्रतिशतले बढेको छ भने सबैभन्दा कम लघुवित्त समूह ०.०७ प्रतिशतले बढेको छ । 

सबैभन्दा बढी अन्य समूह ०.७७ प्रतिशतले घटेको छ भने सबैभन्दा कम जीवन बीमा समूह ०.७१ अंकले (०.०० प्रतिशत)ले घटेको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ३ : ५२ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण