भोटेकोशीको बाढीमा मृत्यु भएका सात जनाको शव भेटियो « Khabarhub

भोटेकोशीको बाढीमा मृत्यु भएका सात जनाको शव भेटियो


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बगेर मृत्यु भएका सात जनाको शव फेला परेको छ । 

नेपाल प्रहरीले दिउँसो ३ बजेसम्मको बाढीबाट भएको मानवीय क्षति तथा उद्धारको अवस्था अपडेट गर्दै सात जनाको शव फेला परेको जनाएको छ । 

प्रहरीले फेला परेको शवबारे विस्तृत केही खुलाएको छैन । प्रहरीकाअनुसार बाढीमा फसेका ५५ जनाको उद्धार गरिएको छ । 

बाढीबाट रसुवाको गोसाइकुण्ड गाउँपालिकाका १, २ र ३, आमाछोदिङ्मो गाउँवालिकाका १, २, ४ र ५ उत्तरगया गाउँपालिकाका २, ४ र ५ तथा कालिका गाउँपालिकाको १ नम्बर वडा प्रभावित भएको छ । 

बाढीमा बगेर ६ जना चिनियाँ नागरिकसँगै १२ जना नेपाली बेपत्ता भएका छन् । नेपाल प्रहरीका अनुसार सम्पर्कविहीन भएका १२ जना नेपालीमा ३ जना प्रहरी कर्मचारी र ९ जना सर्वसाधारण रहेका छन् ।  

प्रहरी कर्मचारीतर्फ बेपत्ता हुनेमा टिमुरेस्थित इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक (असई) लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा रहेका छन् । 

सशस्त्र प्रहरीका अनुसार सम्पर्कविहीन चिनियाँ नागरिकमा यु युई, ली हुआकिङ, याङ चुआन, यु हाई हाङ, यु सियाओ क्यु र जोउ योङ रहेका छन्।

नेपाली नागरिकमा जिपन चौधरी, सन्तोष दहित, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बाग्लुङका नरेन्द्र विक, कन्टेनर चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान र हाइलक्स चालक लोकमान तामाङ सम्पर्कविहीन छन् । 

उनीहरु सबै मजदुर हुन् । अहिले बाढी प्रभावित स्थानमा खोज तथा उद्धार कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ । नेपाल प्रहरीले बाढी प्रभावितको उद्धारका लागि १२० जना प्रहरी परिचालन गरेको छ । प्रहरीका अनुसार दुई जना सुरक्षाकर्मी र सात जना सर्वसाधारणको उद्धार भइसकेको छ । 
बाढीबाट नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । यस्तै रसुवाको भन्सार कार्यालयको यार्ड, रसुवागढी हाइड्रो पावरको ड्याम र ईभी चार्जिङ स्टेसनमा क्षति पुगेको छ । 

बाढीले अन्दाजी ८ वटा ईभी गाडीहरू पनि बगाएको नेपाल प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ४ : २५ बजे

चन्दननाथमा अग्नि निभाउने उपकरण जडान

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिकाभित्रमा छ स्थानमा ‘अग्नि निभाउने उपकरण’ (फायर

प्रतिनिधिसभाको बैठक सुरू

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ ।  बैठकमा प्रधानमन्त्री

स्वास्थ्यमन्त्री मेहता र नर्वेका राजदुत ड्याग्नीबीच भेटवार्ता 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि

गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति

काठमाडौँ– सरकारले कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान

सुनको मूल्यमा २४ सय रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल