कांग्रेस नेता तथा पूर्वमन्त्री अच्युतराज रेग्मीको निधन « Khabarhub

कांग्रेस नेता तथा पूर्वमन्त्री अच्युतराज रेग्मीको निधन


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अच्युतराज रेग्मीको निधन भएको छ । रेग्मीको ९३ वर्षको उमेरमा सोमबार अष्ट्रेलियामा उपचारका क्रममा निधन भएको हो । 

उनी ०१५ सालको पहिलो आमनिर्वाचनमा कांग्रेसका तर्फबाट क्षेत्र नं. ९३ पाल्पा पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । 

सन्त नेता कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रीत्वको ०४७ सालको अन्तरिम सरकारमा रेग्मी आवास तथा भौतिक योजनामन्त्री थिए । 

पाल्पाको तानसेन नगरपालिका–२ मेहलधारामा जन्मिएका रेग्मीले कांग्रेसको संगठन निर्माण र प्रजातान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए । 

कांग्रेस सभापति शेरबहादुर देउवाले शोक वक्तव्य जारी गरेर पूर्वमन्त्री रेग्मीको निधनप्रति गहिरो दुःख व्यक्त 
गरेका छन् ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ५ : ०० बजे

प्रधानमन्त्री बनाउनु पर्ने सर्तमा रविलाई नेता मान्‍न बालेन तयार

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

ओडिसामा गोली हानाहान, शीर्ष कमाण्डरसहित छ जना नक्सालवादी विद्रोहीको मृत्यु

नयाँदिल्ली– पूर्वी भारतीय राज्य ओडिसामा भएको प्रहरीसँगको गोली हानाहानमा मारिएका

ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकको अधिकारप्रति संवेदनशील हुँदै

जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते

अर्घाखाँची– भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना

देउवा र ओलीपछि प्रचण्डसँग सञ्चारमन्त्री खरेलको वार्ता

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन