रुपन्देही–३ मा साझा उम्मेदवार खडा गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय « Khabarhub

रुपन्देही–३ मा साझा उम्मेदवार खडा गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– तराई–मधेशकेन्द्रित संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचनमा साझा उम्मेदवार खडा गर्ने निर्णय गरेको छ । 

काठमाडौंको शंखमुलस्थित होटेल ए–वन प्यालेसमा मंगलबार बसेको मोर्चाको बैठकले उप-निर्वाचनमा साझा उम्मेदवार खडा गर्ने निर्णय गरेको हो । निर्णयअनुसार रुपन्देही–३ मा मोर्चाका तर्फबाट नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले उम्मेदवारी दिने छ । 

रुपन्देही–३ मा मोर्चाका तर्फबाट नाउपाले अघि सार्ने उम्मेदवारलाई सघाउने सर्वसम्मत निर्णय भएको नेता केशव झाले जानकारी दिए ।

 प्रतिनिधिसभा निर्वाचन–०७९ मा रूपन्देही–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट दीपक बोहरा विजयी भएका थिए । सांसद बोहराको ०८१ चैत १९ मा काठमाडौंस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । त्यसयता रूपन्देही–३ मा प्रतिनिधिसभा सदस्य पद रिक्त छ ।

राप्रपाका नेता बोहरा ३६ हजार ७१७ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले ३४ हजार ३६ मत पाएका थिए ।

तत्कालीन समयमा यो क्षेत्रमा नेकपा एमालेले राप्रपालाई सघाएका थियो । यस्तै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कांग्रेसलाई सघाएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जितबहादुर गुप्ता तेली ५ हजार ७६९ मतसहित तेस्रो भएका थिए ।

गत निर्वाचनको मत परिणामअनुसार रूपन्देही–३ मा साझा उम्मेदवारी दिने तयारीमा रहेको संघीय लोकतान्त्रिक मोर्चामा रहेका दलहरूको मत ८ हजारभन्दा बढी देखिन्छ ।

प्रतिनिधिसभा निर्वाचन–०७९ मा मोर्चाआवद्ध मध्येका दुई दल नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले रूपन्देही–३ बाट उम्मेदवारी दिएका थिए । उन्मुक्तिका उम्मेदवार तुल्सीप्रसाद थारुले ४ हजार ७५१ र जनमतका उम्मेदवार प्रमोदकुमार राउतले ३ हजार ३१७ मत पाएका थिए ।

तराई–मधेश केन्द्रित विभिन्न सात दलहरूले गत असार १२ गते संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि भन्दै मोर्चाको घोषणा गरेका थिए ।

मोर्चामा तराई–मधेश केन्द्रित दलहरू डा. सीके राउत नेतृत्वको जनमत पार्टी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) आवद्ध छन् ।

यस्तै, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेश चन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) पनि मोर्चाका सदस्य दलहरू हुन् ।

साझा उम्मेदवार खोज्दै तराई-मधेशका सात दल

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ६ : १२ बजे

निर्वाचन सामग्री धमाधम जिल्लातिर (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन

राष्ट्रियसभाको शून्य समयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले विदेशमा ज्यान गुमाएका नेपाली, विकास बजेट रोक्का,

झापामा ओलीले भने : ग्यास उत्खनन भइसकेको छ, पाइपबाट घरघरमा पठाउने दिन आउँदैछ

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरूले आफूमाथि

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

काठमाडौं– नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा

पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित

एजेन्सी– पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र–वाम समाजवादी उम्मेद्वार एन्टोनियो जोसे सेगुरो