दक्षिण कोरियास्थित नेपाली दूतावासले पछिल्लो ६ महिनामा के के गर्‍यो ? « Khabarhub

दक्षिण कोरियास्थित नेपाली दूतावासले पछिल्लो ६ महिनामा के के गर्‍यो ?


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सउल, दक्षिण कोरिया- दक्षिण कोरियास्थित नेपाली दूतावासले बितेका ६ महिनाको अवधिमा नेपाली कामदारहरूको हितमा उल्लेखनीय कामा गरेको जनाएको छ।

यस अवधिमा कोरियामा मृत्यु भएका १५ जना नेपालीको शव व्यवस्थापन गरी नेपाल पठाइएको छ । १० जनाभन्दा बढी मृतकका परिवारलाई क्षतिपूर्ति प्रदान गरिएको दूतावासले जनाएको छ ।

कुक भिसामा आएका ३५ कामदारका श्रम सम्झौतापत्र प्रमाणिकरण गरिएको दूतावासले जनाएको छ । मानसिक र शारीरिक समस्यामा परेका १० जना कामदारलाई नेपाल फर्काइएको छ भने १२ जना बिरामीको उपचारमा समन्वय गरिएको दूतावासले उल्लेख गरेको छ।

दूतावासले मानसिक स्वास्थ्य सेवाअन्तर्गत ४० जनालाई परामर्श उपलब्ध गराउनुका साथै ‘सुनौं–सिकौं’ कार्यक्रममार्फत् जागरूकता फैलाउने ९ भिडियो प्रशारण गरिसकेको जनाएको छ।

कन्सुलर सेवा अन्तर्गत राहदानी नवीकरण, नाता प्रमाणिकरण, विवाह दर्तालगायत ९४३१ सेवाग्राहीलाई सेवा प्रदान गरिएको छ। यसका साथै कारागारमा रहेका ६ नेपालीबारे जानकारी लिइएको दूतावासले उल्लेख गरेका छ । ५ जनाको उद्धार प्रक्रियामा समन्वय भइरहेको दूतावासले उल्लेख गरेको छ ।

कामदार अधिकार, उद्धार, बीमा, क्षतिपूर्तिसम्बन्धी विषयमा नेपाल र कोरियाका सम्बन्धित निकायसँग निरन्तर पत्राचार गरिएको दूतावासले उल्लेख गरेको छ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ७ : १८ बजे

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।

काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन : आजै रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज पदबाट