दक्षिण कोरियास्थित नेपाली दूतावासले पछिल्लो ६ महिनामा के के गर्‍यो ? « Khabarhub

दक्षिण कोरियास्थित नेपाली दूतावासले पछिल्लो ६ महिनामा के के गर्‍यो ?


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सउल, दक्षिण कोरिया- दक्षिण कोरियास्थित नेपाली दूतावासले बितेका ६ महिनाको अवधिमा नेपाली कामदारहरूको हितमा उल्लेखनीय कामा गरेको जनाएको छ।

यस अवधिमा कोरियामा मृत्यु भएका १५ जना नेपालीको शव व्यवस्थापन गरी नेपाल पठाइएको छ । १० जनाभन्दा बढी मृतकका परिवारलाई क्षतिपूर्ति प्रदान गरिएको दूतावासले जनाएको छ ।

कुक भिसामा आएका ३५ कामदारका श्रम सम्झौतापत्र प्रमाणिकरण गरिएको दूतावासले जनाएको छ । मानसिक र शारीरिक समस्यामा परेका १० जना कामदारलाई नेपाल फर्काइएको छ भने १२ जना बिरामीको उपचारमा समन्वय गरिएको दूतावासले उल्लेख गरेको छ।

दूतावासले मानसिक स्वास्थ्य सेवाअन्तर्गत ४० जनालाई परामर्श उपलब्ध गराउनुका साथै ‘सुनौं–सिकौं’ कार्यक्रममार्फत् जागरूकता फैलाउने ९ भिडियो प्रशारण गरिसकेको जनाएको छ।

कन्सुलर सेवा अन्तर्गत राहदानी नवीकरण, नाता प्रमाणिकरण, विवाह दर्तालगायत ९४३१ सेवाग्राहीलाई सेवा प्रदान गरिएको छ। यसका साथै कारागारमा रहेका ६ नेपालीबारे जानकारी लिइएको दूतावासले उल्लेख गरेका छ । ५ जनाको उद्धार प्रक्रियामा समन्वय भइरहेको दूतावासले उल्लेख गरेको छ ।

कामदार अधिकार, उद्धार, बीमा, क्षतिपूर्तिसम्बन्धी विषयमा नेपाल र कोरियाका सम्बन्धित निकायसँग निरन्तर पत्राचार गरिएको दूतावासले उल्लेख गरेको छ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ७ : १८ बजे

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी