स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित « Khabarhub

स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

वालिङ– कृषि ज्ञान केन्द्र स्याङ्जाले यहाँका चार उत्कृष्ट कृषकलाई आज सम्मान गरेको छ । गण्डकी प्रदेश सरकारको ‘उत्कृष्ट कृषि पुरस्कार’ कार्यविधिका आधारमा स्याङ्जामा चार जना कृषकलाई सम्मान गरिएको हो ।

जिल्लाभित्रका विभिन्न भागमा रही वर्षौंदेखि कृषिलाई नै व्यावसायिकरूपमा अगाडि बढाउँदै आउनुभएका नमूना कृषकहरू छनोट गरी पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र स्याङ्जाका सूचना अधिकारी विकास विकले बताए।

सम्मानित हुनेहरूमा फलफूलखेती (सुन्तला)तर्फ अर्याल अर्गानिक एग्रोफर्मका पुतलीबजार नगरपालिका–१० का सञ्चालक रामबन्धु अर्याल, मौरीपालनतर्फ आँधीखोला मौरीपालन उद्योग तथा तालिम केन्द्र वालिङ–११ का श्यामप्रसाद अर्याल, मिश्रित खेतीतर्फ पित्लेक कालिका कृषि फर्मका वालिङ–५ का सञ्चालक हुमनाथ लामिछाने र खाद्यान्न तथा बीउ उत्पादनतर्फ चन्द्रकान्त डुम्रे कृषि फर्म गल्याङ–११ का सञ्चालक चन्द्रकान्त डुम्रे रहेका छन् ।

कृषकलाई स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जनही रु १० हजारसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन् । कृषि ज्ञान केन्द्र स्याङ्जाले गएको साउनमा कृषक सम्मानका लागि आवेदन दिनेसम्बन्धीको सूचना प्रकाशन गरेको थियो । सोही सूचनाका आधारमा जिल्लाभरीबाट १३ वटा कृषकले आवेदन दिएको उनले बताए।

‘कार्यालयले कृषक सम्मानका लागि सूचना प्रकाशन गर्‍यौँ, सोही सूचनाका आधारमा १३ वटा कृषक, समूह, फर्महरूबाट आवेदन प्राप्त भयो’, उनले भने, ‘प्राप्त भएका आवेदनको आधारमा मूल्यांकन गर्दा चार जना छनोट हुनुभएको हो ।’

 कृषकलाई छनोट गर्दा विधागत रूपबाट प्रतिनिधित्व हुने गरी छनोट गरिएको हो । यसै वर्षबाट उत्कृष्ट कृषक सम्मान कार्यक्रम कार्यान्वयन भएको हो । यसवर्ष सम्मानित भएका कृषकहरू आगामी वर्षमा पुरस्कृत हुन नपाउने कार्यविधिमा उल्लेख रहेको उनले बताए।

प्रजिअ अर्यालका अनुसार विधागतरूपमा सम्मानित कृषकहरूले जिल्लाकै नमूना कृषकको रूपमा पहिचान बनाएका छन् । उनीहरूको आम्दानीको मुख्य स्रोत व्यावसायिक कृषि नै हो । 

लामो समयदेखि व्यावसायिक कृषि कर्ममा रमाइरहेका वालिङ–५ का व्यावसायिक अगुवा कृषक हुमनाथ लामिछानेले सम्मानित हुन पाउँदा खुसी लागेको बताए। कृषि ज्ञान केन्द्र स्याङ्जाले गरेको सम्मानले भोलिका दिनमा कृषि कर्मप्रति लाग्न थप ऊर्जा मिलेको उनको धारणा थियो ।
 

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ७ : ५४ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक