चिकित्सकको आन्दोलन फिर्ता, कानुन फेर्न कार्यदल गठन | Khabarhub Khabarhub

चिकित्सकको आन्दोलन फिर्ता, कानुन फेर्न कार्यदल गठन


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपभोक्ता अदालतले दण्डित गरेपछि आन्दोलित चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका छन्‌ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन विभागीय मन्त्रालयलाई चिकित्सकहरूको मागबारे छलफल गर्न निर्देशन दिएपछि भएको सहमति बमोजिम चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका हुन्‌ ।

उपचारमा लापरवाही गरेको जाहेरीमा फैसला गर्दै उपभोक्ता अदालतले क्षतिपूर्ति तिराउन थालेपछि आन्दोलनमा उत्रिएका थिए ।

चिकित्सकहरूसँगको वार्तामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरासिया र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसहित सरकारी अधिकारीहरू सहभागी थिए ।

सरकारसँग मङ्गलबार बेलुकी सहमति गर्दै चिकित्सकहरूले सबै किसिमका आन्दोलन आजैदेखि स्थगत गरी सबै नियमित सेवा सुचारु गर्ने सहमति गरेका हुन्‌ ।

सरकारले आन्दोलनरत चिकित्सक सङ्घ तथा विभिन्न सङ्घसंस्थाका मागहरूको यथोचित सम्बोधन गर्न विद्यमान कानुनी एवम्‌ नीतिगत व्यवस्था संशोधन लगायत विषयमा सात दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न एक कार्यदल गठन गरिएको जनाएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ लगायत कानुनी व्यवस्था फास्टट्रयाकबाट संशोधन गर्ने सरकारले जनाएको छ ।

उपभोक्ता अदालतले ओम अस्पताल, ग्रान्डी सिटी क्लिनिक र हिमाल अस्पताललाई क्षतिपूर्ति तिराउनेगरी गरेको फैसलाविरुद्ध चिकित्सकहरूले आन्दोलन गरेका थिए ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  १० : १४ बजे

नवलपुरमा बेवारिसे शव व्यवस्थापन गर्दै विनयजङ्ग बस्नेत

नवलपरासी – पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनयजङ्ग

भोलिदेखि वर्षाको मात्रा बढ्ने

काठमाडौं – न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन

बालेन काठमाडाैंकाे जनकपुर फिस हाउसमा, भन्छन्: तावा फिस खाँदा जनकपुरको याद आयो

काठमाडाैं – काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको नक्साल गैरीधारास्थित

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै

मुस्ताङ – मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय