चिकित्सकको आन्दोलन फिर्ता, कानुन फेर्न कार्यदल गठन « Khabarhub

चिकित्सकको आन्दोलन फिर्ता, कानुन फेर्न कार्यदल गठन


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपभोक्ता अदालतले दण्डित गरेपछि आन्दोलित चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका छन्‌ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन विभागीय मन्त्रालयलाई चिकित्सकहरूको मागबारे छलफल गर्न निर्देशन दिएपछि भएको सहमति बमोजिम चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका हुन्‌ ।

उपचारमा लापरवाही गरेको जाहेरीमा फैसला गर्दै उपभोक्ता अदालतले क्षतिपूर्ति तिराउन थालेपछि आन्दोलनमा उत्रिएका थिए ।

चिकित्सकहरूसँगको वार्तामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरासिया र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसहित सरकारी अधिकारीहरू सहभागी थिए ।

सरकारसँग मङ्गलबार बेलुकी सहमति गर्दै चिकित्सकहरूले सबै किसिमका आन्दोलन आजैदेखि स्थगत गरी सबै नियमित सेवा सुचारु गर्ने सहमति गरेका हुन्‌ ।

सरकारले आन्दोलनरत चिकित्सक सङ्घ तथा विभिन्न सङ्घसंस्थाका मागहरूको यथोचित सम्बोधन गर्न विद्यमान कानुनी एवम्‌ नीतिगत व्यवस्था संशोधन लगायत विषयमा सात दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न एक कार्यदल गठन गरिएको जनाएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ लगायत कानुनी व्यवस्था फास्टट्रयाकबाट संशोधन गर्ने सरकारले जनाएको छ ।

उपभोक्ता अदालतले ओम अस्पताल, ग्रान्डी सिटी क्लिनिक र हिमाल अस्पताललाई क्षतिपूर्ति तिराउनेगरी गरेको फैसलाविरुद्ध चिकित्सकहरूले आन्दोलन गरेका थिए ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  १० : १४ बजे

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६