जापानमा एकै वर्षमा घट्यो १० लाख जनसङ्ख्या « Khabarhub

जापानमा एकै वर्षमा घट्यो १० लाख जनसङ्ख्या


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

टोकियो – जापानमा एकै वर्ष करिब १० लाख लाख जनसङ्ख्या घटेको छ। यसरी जनसङ्ख्या घट्नुमा जापानमा रहेको कम जन्मदर हो।

जापानी महिलाको बच्चा जन्माउने कुरामा बढ्दै गएको अरुचीप्रति प्रधानमन्त्री सिगेरु इसुवाले चासो व्यक्त गरेका छन्।

एक दिन अघि सार्वजनिक भएको डेटा अनुसार जापानमा सन् २०२४ मा ६ लाख ८६ हजार ६१ बच्चा जन्मिए। सोही समयमा करिब १६ लाख जनाले ज्यान गुमाए। यसको मतलब एक जना बच्चा जन्मिदा दुई जना मानिसको मृत्यु भएको छ।

जापानमा लगातार १६ वर्ष जनसङ्ख्या घटेको यो जनगणनाले देखाएको छ। जापानमा जन्मनेक्रम घटे पनि विदेशबाट त्यहाँ जानेको सङ्ख्या भने बढेको छ। २०२५ को जनवरीको विवरण अनुसार जापानमा रहेका विदेशीको सङ्ख्या ३६ लाख पुगेको छ।

जापानमा डिजिटल नोम्याड भिसामार्फत् विदेशी कामदार ल्याउने नीति लिइएको छ। यसका बाबजुद जापानको राजनीतिमा आप्रवासीकै विषय मुद्दाको रूपमा उठ्ने गरेको छ। सन् २०२३ यता जापानमा ०.४४ प्रतिशत जनसङ्ख्या घटेको छ।

जापानमा ६५ वर्ष भन्दा माथिको जनसङ्ख्या ३० प्रतिशत छ। मोनाको पछि प्रौढको प्रतिशत जापानमा दोस्रो बढी हो। विश्व बैंकका अनुसार जापानमा काम गर्ने जनशक्ति १५ देखि ६४ वर्ष उमेर समूहका मानिसको सङ्ख्या करिब ६० प्रतिशतमा झरेको छ। जापानी महिलाको जन्मदर सन् १९७० को दशकदेखि घट्न थालेको हो।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ६ : ०५ बजे

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी