इष्टुको तस्बिर फेरि भाइरल ! « Khabarhub

इष्टुको तस्बिर फेरि भाइरल !


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय सामाजिक सञ्जालमा महिलाको पहिरनलाई लिएर टिप्पणी र गाली गलौच गर्ने क्रम बढेको छ । यस्ता टिप्पणीका कारण कतिपय अवस्थामा महिलाहरु तनावमा समेत पर्ने गरेका छन् ।

चर्चित कलाकार एवं मोडल इष्टु कार्की यसअघि माईपोखरीमा खिचेको तस्बिरका कारण सामाजिक सञ्जालमा भाइरल बनेकी थिइन् ।

यसपटक कार्कीले स्विमिङ पुलमा विकिनी लगाएर खिचेका केही तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।
‘विकिनी सिजन इज माई रिजन’ देखेर उनले पोस्ट गरेका तस्बिरहरुलाई लिएर उनीमाथि गालीको वर्षा गरिएका कमेन्टहरु आएका छन् ।

नेपाली समाज खुलापनतिर अघि बढिरहेको छ । विकसित देशमा महिलाले छोटा लुगा लगाएर हिँड्दा समान्य रुपमा लिने गरिन्छ । तर, नेपाली समाजमा भने महिलाको पहिरनलाई लिएर लागीगलौच गर्ने क्रम अझैसम्म यथावत नै छ ।

स्विमिङ पुलमा महिला पुरुषहरु सामुहकि रुपमा पौडी खेल्छन्, जसलाई सामान्य रुपमै लिने गरिन्छ ।

एकजना कलाकारले स्विमिङ कस्टम लगाएको खिचेको तस्बिरलाई आजको सभ्य समाजमा सामान्य रुपमै लिने हो कि ? यस्तो तस्बिरमाथि आलोचना गरेर कमेन्ट गर्दा आफ्नै सांस्कृतिक स्तर पो प्रदर्शित हुने हो कि ? पुरुष जगतले सोच्नुपर्ने देखिन्छ ।

(तस्बिर स्रोत : इष्टु कार्कीको फेसबुक)

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  १० : ३८ बजे

घटनाको २० दिनपछि प्रहरीले सार्वजनिक गर्‍यो शंकास्पद व्यक्ति

तनहुँ – तनहुँमा एकैदिन भएको तीनजनाको हत्या प्रकरणमा संलग्न रहेको

थारु पहिचान संरक्षण गर्नुपर्छ : प्रदेश प्रमुख मियाँ

कैलाली – सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु भाषा, संस्कृति,

निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था

अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दाबी

तेहरान – इरानले बिहीबार आफ्नो सैन्य डिभिजनको लडाकु संरचनामा स्वदेशी

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड