सिद्धार्थ बैंकको वितरणयोग्य नाफा एक अर्ब ८६ करोड « Khabarhub

सिद्धार्थ बैंकको वितरणयोग्य नाफा एक अर्ब ८६ करोड


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिद्धार्थ बैंकको वितरणयोग्य नाफामा वृद्धि भएको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष (आव) ०८१–८२ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य नाफा एक अर्ब ८६ करोड २७ लाख ८७ हजार २४६ पुगेको छ । जबकी अघिल्लो आर्थिक वर्ष ०८०–८१ को सोही अवधिमा बैंकको त्यस्तो नाफा ५८ करोड ३ लाख ६१ हजार ६१७ रुपैयाँ रहेको थियो । बैंकको नाफामा वृद्धि भएसँगै लाभांश वितरण क्षमता १३.२२ प्रतिशत पुगेको छ।

बैंकको गत आवमा खुद नाफा २०.२४ प्रतिशतले वृद्धि भएर ३ अर्ब ३९ करोड ५२ लाख ८५ हजार ७२६ रुपैयाँ पुगेको छ । अघिल्लो आव ०८०–८१ मा बैंकको खुद नाफा ३ अर्ब ८ करोड २८ हजार ६८४ रुपैयाँ रहेको थियो ।

गत आवमा बैंकले अघिल्लो आवको तुलनामा खुद ब्याज आम्दानीमा ६.४३ प्रतिशतले वृद्धि गरेर ८ अर्ब ४४ करोड ९९ लाख २० हजार ११९ रुपैयाँ पुर्याएको छ । त्यस्तै गत आवमा बैंकले खुद शुल्क तथा कमिसन आम्दानी अघिल्लो आवको तुलनामा १५ प्रतिशत बढी अर्थात् १ अर्ब ६४ करोड १५ लाख १४ हजार ७२९ रुपैयाँ र सञ्चालन आम्दानी ११.८२ प्रतिशत बढी अर्थात् ११ अर्ब १६ करोड ६८ लाख ४० हजार ३६५ रुपैयाँ गरेको छ ।

गत वर्षको अन्त्यसम्म बैंकको प्रतिसेयर आम्दानी २४.१० रुपैयाँ, मूल्य आम्दानी अनुपात १५.९३ गुणा र प्रतिसेयर नेटवर्थ २१९.९७ रुपैयाँ रहेको छ । तथ्यांकअनुसार जोखिमभार पुँजीको ११.७७ र खराब कर्जा २.६ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  १२ : ०१ बजे

नायक अविषेकलाई भन्दा बढी किन गायक केहरलाई ब्रान्डिङ गर्दैछन् निर्देशक राउत ?

काठमाडौं – डेब्यू नायक अविषेक खड्का र डेब्यू नायिका आकृति

विशेष महाधिवेशनका लागि कांग्रेस प्रतिनिधि काठमाडौं आउँदै, भृकुटीमण्डपमा बढ्यो चहलपहल

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुनुअघि नै काठमाडौंको भृकुटीमण्डप

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ