वर्षाले बैतडीको एक घरमा क्षति « Khabarhub

वर्षाले बैतडीको एक घरमा क्षति


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

दशरथचन्द – लगातारको वर्षाले बैतडीमा एक घर भत्किएको छ । सुर्नया गाउँपालिका-३ तडीगाउँ गैरका धर्मे भट्टको दुईतले ढुङ्गाको कच्ची घर भत्किएको हो ।

अविरल वर्षाका कारण शुक्रबार बिहान पानी घरभित्र पसेर पूर्ण रूपमा क्षति भएको अस्थायी प्रहरी पोष्ट सतबाँझका इञ्चार्ज अम्बादत्त जोशीले जानकारी दिए । उनका अनुसार वर्षाका कारण घरभत्किएपछि भट्टको परिवारलाई आफन्तकोमा बसिरहेका छन् ।

घर भत्किएको समयमा भित्र कोही नरहेकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । घर भत्किएपछि आफूहरूलाई बसोबासका लागि समस्या भएको भन्दै तत्काल वैकल्पिक व्यवस्था गर्न भट्टले सरोकार भएका निकायसँग आग्रह गरे । 
 

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  १२ : ४१ बजे

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी

अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय,

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार