गाजा सिटी पूरै कब्जा गर्ने इजरायलको तयारी, हमासका लागि राख्यो ५ सर्त | Khabarhub Khabarhub

गाजा सिटी पूरै कब्जा गर्ने इजरायलको तयारी, हमासका लागि राख्यो ५ सर्त


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ– इजरायलको सुरक्षा क्याबिनेटले गाजा पट्टीको उत्तरी भागस्थित गाजा सिटीमाथि नियन्त्रण गर्न सेना (आईडीएफ) लाई स्वीकृति दिएको छ। यो निर्णय गर्न क्याबिनेटको बैठक झण्डै १० घण्टा चलेको थियो।

इजरायली सेनाले गाजा क्षेत्रको करिब ७५ प्रतिशत भागमा नियन्त्रण भइसकेको दाबी गर्दै आएको छ। बाँकी २५ प्रतिशत भाग (विशेषगरी गाजा सिटी) अझै पनि हमासको प्रभावमा रहेको बताइएको छ।

गाजा सिटीमा हमासको नियन्त्रणमा अझै पनि केही इजरायली बन्धकहरू रहेका आशंका छ। सेना अब ती क्षेत्रहरूमा प्रवेश गर्दैछ, जहाँ अझै ठूला कारबाही नभएको जनाइएको छ।

हमासलाई पाँच सर्त

हमासले पूर्ण रूपमा हातहतियार विसर्जन गर्नुपर्ने।

बाँकी रहेका ५० बन्धकलाई रिहा गर्नुपर्ने (जसमध्ये २० जनामात्रै जीवित हुने सम्भावना)।

गाजाबाट हमासको सैन्य संरचनाको पूर्ण विनाश।

गाजामा इजरायली सुरक्षाको नियन्त्रण।

गाजामा हमास र प्यालेस्टाइन प्रशासनको विकल्पमा नागरिक प्रशासनको गठन।

उता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफूहरू गाजा कब्जा गर्ने पक्षमा नरहेको बताएका छन् । ‘हाम्रो लक्ष्य गाजालाई हमासको आतंकबाट मुक्त गर्नु हो, जहाँका नागरिकलाई स्वतन्त्रता मिलोस् र शासन एक जिम्मेवार अरबी शक्तिलाई सुम्पन सकियोस्’, उनले भनेका छन् ।

इजरायलले गाजा क्षेत्रमा सुरक्षा नियन्त्रण राख्ने भए पनि नागरिक शासनमा संलग्न नहुने उनले बताएका छन् ।

सेना प्रमुखको असहमति र राजनीतिक तनाव

गाजामाथि पूर्ण कब्जाको नेतन्याहूको योजना (बिग गाजा प्लान) मा इजरायली सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जमीरले आपत्ति जनाएका थिए।

उनले चेतावनी यस्तो कदमले बाँकी रहेका बन्धकहरूको जीवन संकटमा पार्न सक्ने चेतावनी दिएका थिए ।

तर नेतन्याहूका निकट सहयोगीहरूले जमीरको राजीनामा माग्दै भनेका छन्, ‘अब निर्णय भइसकेको छ। यदि सेनापतिलाई यो स्वीकार्य छैन भने उनले राजीनामा दिनुपर्छ।’

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  १२ : ५६ बजे

धरान उपमहानगरको बजेट पारित गर्ने प्रक्रिया अगाडि बढ्यो

धरान – लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक

निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका पर्यटकबाट ३० करोड राजश्व

गण्डकी – पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा

भारतका प्रधान न्यायाधीश गवई भेटघाटमा व्यस्त, न्यायिक सहकार्यमा जोड

काठमाडाैं – भारतका प्रधान न्यायाधीश भूषण रामकृष्ण गवई नेपाल भ्रमणमा

एमालेमा विद्यालाई रोक्न नहुने मत बलियो, समूह छलफलमा प्रदेश अध्यक्ष समेतले गरे नेतृत्वको आलोचना

काठमाडाैं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनअन्तर्गत प्रस्तुत विभिन्न प्रतिवेदनहरूमा

इन्द्रजात्राको महाकाली नाचमा सहभागी कलाकारहरू (तस्बिरहरू)

काठमाडौं – इन्द्रजात्रामा महाकाली नाचको प्रस्तुतिमा सहभागी कलाकारहरूले इन्द्रजात्राको क्रममा