शीर्ष तीन कलाकारको चरित्र खुलाउने फिल्म ‘हरिबहादुरको जुत्ता’ को पोस्टर सार्वजनिक « Khabarhub

शीर्ष तीन कलाकारको चरित्र खुलाउने फिल्म ‘हरिबहादुरको जुत्ता’ को पोस्टर सार्वजनिक


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी असोज १३ अर्थात् फूलपातीबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’को नयाँ पोस्टर सार्वजनिक भएको छ ।

निर्माणपक्षले बिहीबार फिल्मका शीर्ष कलाकार हरिवंश आचार्य, प्रकाश सपुत र नायिका स्वस्तिमा खड्का फिचर्ड पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा हरिवंश आचार्य उनको चर्चित पात्र ‘हरिबहादुर’ चरित्रमा छन् । यो फिल्मको मुख्य चरित्र नै ‘हरिबहादुर’ रहेको निर्माण पक्षले बताएको छ ।

पोस्टरमा प्रकाशले हरिवंशको कान समातेका छन् । प्रकाशले क्रोधित मुद्रामा छन् । पोस्टरले उनको भूमिकाबारे दर्शकमा कौतुहलता बढाउन सक्छ । तथापि पोस्टरले उनको चरित्र खुलाएको छ ।

पोस्टरको देब्रेपट्टी नायिका खड्कालाई राखिएको छ । उनी सारी र चोलोमा छिन् । मन्द मुस्कान दिएको तस्बिर पोस्टरमा राखिएको छ । यो पोस्टरले फिल्ममा यी तीन शीर्ष कलाकारले निर्वाह गरेको चरित्र खुलाएको छ ।

यो फिल्मले बक्स अफिसमा ‘माइतीघर’ र ‘बलिदान’सँग प्रतिस्पर्धा गर्दै छ । दीपेन्द्र के खनालको निर्देशनमा बनेको यस फिल्ममा यी तीनसहित प्रियंका कार्की, दिव्य देव, किरण केसी, राजाराम पौडेल, कलमणि नेपाल र हरिहर शर्मा शीर्ष भूमिकामा छन् ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा बनेको यस फिल्मका निर्माता सरोज ओली र मोहितवंश आचार्य हुन् । मोहित भने हरिवंशका छोरासमेत हुन् ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  १ : ४१ बजे

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)

चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

वीरगञ्ज– नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका