शीर्ष तीन कलाकारको चरित्र खुलाउने फिल्म ‘हरिबहादुरको जुत्ता’ को पोस्टर सार्वजनिक « Khabarhub

शीर्ष तीन कलाकारको चरित्र खुलाउने फिल्म ‘हरिबहादुरको जुत्ता’ को पोस्टर सार्वजनिक


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी असोज १३ अर्थात् फूलपातीबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’को नयाँ पोस्टर सार्वजनिक भएको छ ।

निर्माणपक्षले बिहीबार फिल्मका शीर्ष कलाकार हरिवंश आचार्य, प्रकाश सपुत र नायिका स्वस्तिमा खड्का फिचर्ड पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा हरिवंश आचार्य उनको चर्चित पात्र ‘हरिबहादुर’ चरित्रमा छन् । यो फिल्मको मुख्य चरित्र नै ‘हरिबहादुर’ रहेको निर्माण पक्षले बताएको छ ।

पोस्टरमा प्रकाशले हरिवंशको कान समातेका छन् । प्रकाशले क्रोधित मुद्रामा छन् । पोस्टरले उनको भूमिकाबारे दर्शकमा कौतुहलता बढाउन सक्छ । तथापि पोस्टरले उनको चरित्र खुलाएको छ ।

पोस्टरको देब्रेपट्टी नायिका खड्कालाई राखिएको छ । उनी सारी र चोलोमा छिन् । मन्द मुस्कान दिएको तस्बिर पोस्टरमा राखिएको छ । यो पोस्टरले फिल्ममा यी तीन शीर्ष कलाकारले निर्वाह गरेको चरित्र खुलाएको छ ।

यो फिल्मले बक्स अफिसमा ‘माइतीघर’ र ‘बलिदान’सँग प्रतिस्पर्धा गर्दै छ । दीपेन्द्र के खनालको निर्देशनमा बनेको यस फिल्ममा यी तीनसहित प्रियंका कार्की, दिव्य देव, किरण केसी, राजाराम पौडेल, कलमणि नेपाल र हरिहर शर्मा शीर्ष भूमिकामा छन् ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा बनेको यस फिल्मका निर्माता सरोज ओली र मोहितवंश आचार्य हुन् । मोहित भने हरिवंशका छोरासमेत हुन् ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  १ : ४१ बजे

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

काठमाडौं–  निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की

हर्क साम्पाङले दर्ता गराए उम्मेदवारी

काठमाडौं- धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष

बालेन उम्मेदवारी दिन जाँदा… (तस्बिरहरू)

झापा– प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) साहले मंगलबार मध्यान्ह

लामो समय नदेखिएका दाजु रामशरणको तस्बिर प्रकाशशरणले राखे सामाजिक सञ्जालमा

काठमाडौं– लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका पूर्व अर्थमन्त्री डा. रामशरण

ओलीलाई दमकका मेयरले भने- जसले मेरो घर जलाए उनैले बालेनलाई भाडामा राखेका छन्

दमक– दमक नगरपालिकाका मेयर राम थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई