चार वटा उद्योगको सम्पत्ति मूल्यांकनका लागि अर्थले गर्‍यो परामर्शदाताको सर्टलिस्टिङ « Khabarhub

चार वटा उद्योगको सम्पत्ति मूल्यांकनका लागि अर्थले गर्‍यो परामर्शदाताको सर्टलिस्टिङ


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थ मन्त्रालयले रूग्ण रूपमा रहेका चार वटा उद्योगको सम्पत्ति मूल्यांकनको लागि परामर्शदाताको सर्टलिस्टिङ गरेको छ ।

मन्त्रालयले मंगलबार सूचना प्रकाशित गर्दै बुटवल धागो, जनकपुर चुरोट, ओरिन्ड म्याग्नेसाइट र नेपाल मेटल कम्पनीको सम्पत्ति मूल्यांकनको लागि परामर्शदाताको सर्ट लिस्टिङ गरेको हो ।

मन्त्रालयले ओरिन्ड म्याग्नेसाइट, नेपाल मेटल कम्पनी, बुटवल धागो कारखानाको लागि १२ र जनकपुर चुरोट कारखानाको लागि ८ वटा परामर्शदातालाई सर्ट लिस्टिङ गरेको छ ।

सरकारले चालु आर्थिक वर्षमा ती कम्पनीको सम्पत्ति व्यवस्थापन गर्ने नीति लिएको छ । सोही अनुसार अर्थ मन्त्रालयले यस अघि नै ती कम्पनीको सम्पत्ति मूल्यांकनको लागि परामर्शदाता माग गरेको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  १ : ४५ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय

प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी

लन्डन- बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले मङ्गलबार आफ्नो लेबर पार्टीको वार्षिक

पत्रकारले प्रेस काउन्सिलका अध्यक्षलाई ‘झ्यालबाट टिपेर फालिदिन्छु’ भनेपछि…

काठमाडौं– प्रेस काउन्सिल नेपालले काउन्सिलका अध्यक्षलाई कार्यकक्षमै धम्कीपूर्ण अभिव्यक्ति दिइएको