बलात्कार आरोपमा पाकिस्तानी क्रिकेटर इङ्ग्ल्याण्डको मैदानबाटै पक्राउ « Khabarhub

बलात्कार आरोपमा पाकिस्तानी क्रिकेटर इङ्ग्ल्याण्डको मैदानबाटै पक्राउ


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

इस्लामवाद– पाकिस्तानका युवा ब्याट्सम्यान हैदर अली बलात्कारको आरोपमा इङ्ग्ल्याण्डमा पक्राउ परेका छन् ।

उनी अगस्ट ३ मै समातिए पनि घटना अहिले बाहिरिएको हो । टेलिकम एसिया स्पोर्ट्सको रिपोर्ट अनुसार २४ वर्षीय ब्याट्सम्यान हैदर पाकिस्तान ए टिम (पाकिस्तान शाहिन) का सदस्य हुन् ।

गत ३ अगस्टमा उनले क्यान्टरबरी मैदानमा मेलबर्न क्रिकेट क्लब टिमविरुद्ध खेल खेल्दै थिए।

ग्रेटर म्यानचेस्टर प्रहरीले उनलाई मैदानबाटै पक्राउ गरेको हो । उनी जमानतमा रिहा भए पनि देश छोड्न नपाउने गरी उनको राहदानी जफत गरिएको छ ।

यो घटना सार्वजनिक भएपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले हैदर अलीलाई निलम्बन गरेको छ । रिपोर्ट अनुसार हैदरमाथि बलात्कारको आरोप लगाउने युवती पाकिस्तानी मूलकी हुन् ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का एक प्रवक्ताले भने, ‘हामीलाई गिरफ्तारीबारे जानकारी दिइएको थियो। अनुसन्धान पूरा नभएसम्म निलम्बन गरिएको छ । हामी बेलायतमा आफैँ अनुसन्धान गर्नेछौँ। बोर्डले यस कठिन समयमा हैदरलाई कानुनी सहयोग गर्नेछ।’

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  १ : ४९ बजे

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

पेरिस– फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै

जितियाको निराहार व्रत समापन

काठमाडौं– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारण लाइनको निरीक्षण

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको