नीताको डेब्यू निर्देशन रहने फिल्ममा भारतीय कलाकारको पनि अभिनय « Khabarhub

नीताको डेब्यू निर्देशन रहने फिल्ममा भारतीय कलाकारको पनि अभिनय


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका नीता ढुङ्गानाको डेब्यू निर्देशन रहने फिल्म ‘सुख दुःख’मा भारतीय कलाकार दीपराज राणाको समेत अभिनय रहने भएको छ ।

निर्माण पक्षले शुक्रबार फिल्ममा दीराज अनुबन्ध भएको सार्वजनिक गरेको हो । फिल्ममा उनको भूमिका कस्तो रहनेबारे निर्माण पक्षले खुलाएको छैन ।

दीपकराज बलिउड फिल्ममा सहायक भूमिकामा रुचाइएका कलाकार हुन् । उनले सन् २००२ मा प्रदर्शनमा आएको बलिउड फिल्म ‘साथिया’का सहायक भूमिकामा थिए । उनलाई यही फिल्मले स्थापित गराएको हो ।

उनले ‘सिंघम रिटन्स’, ‘प्रेम रतन धन पायो’, ‘दबङ ३’, ‘मट्रो इन दिनो’ लगायतका फिल्ममा सहायक भूमिका निर्वाह गरेका छन् ।

‘सुद दुःख’ भने उनको दोस्रो नेपाली फिल्म हो । उनले पहिलो पटक स्व. नायक श्रीकृष्ण श्रेष्ठ स्टारर फिल्म ‘कोहिनूर’मा समेत अभिनय गरेका थिए ।

यो फिल्मको छायाङ्कन फागुन पहिलो साताबाट सुरु गर्ने योजनामा नीता रहेकी हुन् । अहिले यो फिल्मका कलाकार र प्राविधिक चयनको काम भइरहेको छ ।

केही दिनअघि मात्रै यस फिल्ममा नायिका विपना थापा अनुबन्ध भएकी थिइन् । यसअघि नै मिथिला शर्मा र मदनकृष्ण श्रेष्ठलाई फिल्ममा अनुबन्ध भइसकेका छन् । निर्माण पक्षले अन्य कलाकारबारे केही जानकारी दिएको छैन ।

नीता फिल्म्सको ब्यानरमा बन्ने यो फिल्मको प्रदर्शन मिति ०८३ सालको फूलपातीलाई तोकिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ५ : ४४ बजे

तीनवटा क्रेनको सहायताले निकालियो नारायणी पुलमा अड्किएको क्रुजसिप (तस्बिरहरू)

काठमाडौं– नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुजसिपलाई

अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक

वासिङ्टन– संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक वस्तुमा कर घटाउने विषयमा

हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो

मनाङ- मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका थप दुई

नेपालमा प्रत्येक वर्ष रेबिजबाट एक सय जनाको जान्छ ज्यान

काठमाडौं– नेपालमा रेबिज रोगका कारण प्रत्येक वर्ष करिब १ सय

नेप्से परिसूचक १६.४७ अंकले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज १६.४७ अङ्कले