नीताको डेब्यू निर्देशन रहने फिल्ममा भारतीय कलाकारको पनि अभिनय « Khabarhub

नीताको डेब्यू निर्देशन रहने फिल्ममा भारतीय कलाकारको पनि अभिनय


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका नीता ढुङ्गानाको डेब्यू निर्देशन रहने फिल्म ‘सुख दुःख’मा भारतीय कलाकार दीपराज राणाको समेत अभिनय रहने भएको छ ।

निर्माण पक्षले शुक्रबार फिल्ममा दीराज अनुबन्ध भएको सार्वजनिक गरेको हो । फिल्ममा उनको भूमिका कस्तो रहनेबारे निर्माण पक्षले खुलाएको छैन ।

दीपकराज बलिउड फिल्ममा सहायक भूमिकामा रुचाइएका कलाकार हुन् । उनले सन् २००२ मा प्रदर्शनमा आएको बलिउड फिल्म ‘साथिया’का सहायक भूमिकामा थिए । उनलाई यही फिल्मले स्थापित गराएको हो ।

उनले ‘सिंघम रिटन्स’, ‘प्रेम रतन धन पायो’, ‘दबङ ३’, ‘मट्रो इन दिनो’ लगायतका फिल्ममा सहायक भूमिका निर्वाह गरेका छन् ।

‘सुद दुःख’ भने उनको दोस्रो नेपाली फिल्म हो । उनले पहिलो पटक स्व. नायक श्रीकृष्ण श्रेष्ठ स्टारर फिल्म ‘कोहिनूर’मा समेत अभिनय गरेका थिए ।

यो फिल्मको छायाङ्कन फागुन पहिलो साताबाट सुरु गर्ने योजनामा नीता रहेकी हुन् । अहिले यो फिल्मका कलाकार र प्राविधिक चयनको काम भइरहेको छ ।

केही दिनअघि मात्रै यस फिल्ममा नायिका विपना थापा अनुबन्ध भएकी थिइन् । यसअघि नै मिथिला शर्मा र मदनकृष्ण श्रेष्ठलाई फिल्ममा अनुबन्ध भइसकेका छन् । निर्माण पक्षले अन्य कलाकारबारे केही जानकारी दिएको छैन ।

नीता फिल्म्सको ब्यानरमा बन्ने यो फिल्मको प्रदर्शन मिति ०८३ सालको फूलपातीलाई तोकिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ५ : ४४ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको