बडीमालिका र बूढीनन्दामा पूजा « Khabarhub

बडीमालिका र बूढीनन्दामा पूजा


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेको बडीमालिका र बूढीनन्दासहितका अन्य धार्मिक क्षेत्रमा एकैसाथ शुक्रबार पूजा लागेको छ । आस्थाको धरोहरका रूपमा लिइएको बडीमालिकासहितका अन्य धार्मिक क्षेत्रमा पनि आज नै मेला तथा पूजा लाग्ने गरेको छ । 

जनै पूर्णिमाको अघिल्लो दिन अर्थात् साउन २३ गते चतुर्दशीका दिन बडीमालिका, बूढीनन्दा, सुनन्दा, बडालेख दैलेखलगायत शक्ति पीठहरुमा पूजा लाग्छ । 

बडीमालिकामा लाग्नेमा हजारौँ दर्शनार्थीको भीड लागेको छ । धार्मिक तथा रमणयीय क्षेत्र बडीमालिका र बूढीनन्दाको तालसहित फाँटहरूको मनोरम दृश्य अवलोकन गर्न दर्शनार्थी आउने गरेका बडीमालिकाका पुजारी भानुभक्त पाध्याले बताए । 

उनका अनुसार शक्तिका रूपमा रहेकी बडीमालिकाले निःशसन्तान भएकालाई सन्तान प्राप्ति हुने, मनोकाङ्क्षा पूरा हुनेहुँदा बडीमालिकामा बढी दर्शनार्थीको घुइँचो लाग्ने गरेको पुजारी पाध्यायले बताए  । बडीमालिका र बूढीनन्दा दिदीबहिनीका रूपमा रहेकाले बडीमालिका र बूढीनन्दाको एकसाथ पूजा लाग्ने गरेको उनी बताउँछन् । 

बडीमालिकामा रहेका २२ पाटन, खेतीबेती, त्रिवेणीधाम  लगायतका क्षेत्रको थुपै्र अन्य दृश्यवलोकन गर्न पाउने गरेको पुजारी पाध्यायको भनाइ छ । यस्तै बूढीनन्दामा रहेका राक्षस ताल, झरना, सुन्दर फाँट रहेका छन् ।

बडीमालिकामा सरकारी पूजा 

आस्थाको धरोहरका रूपमा रहेको बडीमालिकामा बिहानबाट नै दर्शनार्थीसहित चार जिल्लाको सरकारी पूजा लागेको छ । बडीमालिकाका लागि आएको सरकारी पूजा डोटी, जुम्ला, कालीकोट र बाजुराको सरकारी पूजा एकसाथ लागेको हो । 

बडीमालिकाका लागि डोटी, बाजुरा, जुम्ला र कालीकोटबाट हरेक वर्ष सरकारी पूजाका लागि टोली आउने गरेको छ । 

सेनाको स्वास्थ्य शिविर 

बडीमालिकामा गएका दर्शनार्थीका लागि ईश्वरी बक्स गुल्म बाजुराले तीन क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञचालन गरेको छ । धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका समुन्द्री सतहबाट तीन हजार ४०० मिटरको उचाइमा छ । भक्तजनलाई अक्सिजन अभावका कारण लेक लाग्छ । 

नेपाली सेनाले त्रिवेणीधाम, बडीमालिका परिसर र बीच बाटोमा गरी तीन ठाउँमा शिविर सञ्चालन गरेको छ । बिहीबारसम्म सेनाले ६०० जनाभन्दा बढीको उपचार गरेकहो गुल्मले जनाएको छ । आज पूजा सकिएपछि बडीमालिकाबाट तीर्थयात्री त्रिवेणी नगरपालिकास्थित नाटेश्वरीमा जनैपूर्णिमा मेलामा दर्शन गरी घर फर्किने गर्छन् । रासस

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ४ : ५० बजे

ट्रम्पमाथि उनकै दलका सांसदको निशाना : सम्झौता नै गर्नु थियो भने युद्ध किन गरेको ?

वाशिङ्टन- अमेरिकामा इरानसँग सम्भावित सम्झौतालाई लिएर राजनीतिक बहस चर्किएको छ।

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा– पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले एक लाख

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’को वर्चस्व

काठमाडौं– तेस्रो संस्करणको कर्णाली चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’ले वर्चश्व

भारतमा तापलहर (लु) बाट १६ जनाको मृत्यु

नयाँदिल्ली– दक्षिणी भारतमा यस गर्मी मौसममा ताप लहर (लु) का

तीव्र गतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

काठमाडौं– वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये आधाभन्दा