बडीमालिका र बूढीनन्दामा पूजा | Khabarhub Khabarhub

बडीमालिका र बूढीनन्दामा पूजा


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेको बडीमालिका र बूढीनन्दासहितका अन्य धार्मिक क्षेत्रमा एकैसाथ शुक्रबार पूजा लागेको छ । आस्थाको धरोहरका रूपमा लिइएको बडीमालिकासहितका अन्य धार्मिक क्षेत्रमा पनि आज नै मेला तथा पूजा लाग्ने गरेको छ । 

जनै पूर्णिमाको अघिल्लो दिन अर्थात् साउन २३ गते चतुर्दशीका दिन बडीमालिका, बूढीनन्दा, सुनन्दा, बडालेख दैलेखलगायत शक्ति पीठहरुमा पूजा लाग्छ । 

बडीमालिकामा लाग्नेमा हजारौँ दर्शनार्थीको भीड लागेको छ । धार्मिक तथा रमणयीय क्षेत्र बडीमालिका र बूढीनन्दाको तालसहित फाँटहरूको मनोरम दृश्य अवलोकन गर्न दर्शनार्थी आउने गरेका बडीमालिकाका पुजारी भानुभक्त पाध्याले बताए । 

उनका अनुसार शक्तिका रूपमा रहेकी बडीमालिकाले निःशसन्तान भएकालाई सन्तान प्राप्ति हुने, मनोकाङ्क्षा पूरा हुनेहुँदा बडीमालिकामा बढी दर्शनार्थीको घुइँचो लाग्ने गरेको पुजारी पाध्यायले बताए  । बडीमालिका र बूढीनन्दा दिदीबहिनीका रूपमा रहेकाले बडीमालिका र बूढीनन्दाको एकसाथ पूजा लाग्ने गरेको उनी बताउँछन् । 

बडीमालिकामा रहेका २२ पाटन, खेतीबेती, त्रिवेणीधाम  लगायतका क्षेत्रको थुपै्र अन्य दृश्यवलोकन गर्न पाउने गरेको पुजारी पाध्यायको भनाइ छ । यस्तै बूढीनन्दामा रहेका राक्षस ताल, झरना, सुन्दर फाँट रहेका छन् ।

बडीमालिकामा सरकारी पूजा 

आस्थाको धरोहरका रूपमा रहेको बडीमालिकामा बिहानबाट नै दर्शनार्थीसहित चार जिल्लाको सरकारी पूजा लागेको छ । बडीमालिकाका लागि आएको सरकारी पूजा डोटी, जुम्ला, कालीकोट र बाजुराको सरकारी पूजा एकसाथ लागेको हो । 

बडीमालिकाका लागि डोटी, बाजुरा, जुम्ला र कालीकोटबाट हरेक वर्ष सरकारी पूजाका लागि टोली आउने गरेको छ । 

सेनाको स्वास्थ्य शिविर 

बडीमालिकामा गएका दर्शनार्थीका लागि ईश्वरी बक्स गुल्म बाजुराले तीन क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञचालन गरेको छ । धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका समुन्द्री सतहबाट तीन हजार ४०० मिटरको उचाइमा छ । भक्तजनलाई अक्सिजन अभावका कारण लेक लाग्छ । 

नेपाली सेनाले त्रिवेणीधाम, बडीमालिका परिसर र बीच बाटोमा गरी तीन ठाउँमा शिविर सञ्चालन गरेको छ । बिहीबारसम्म सेनाले ६०० जनाभन्दा बढीको उपचार गरेकहो गुल्मले जनाएको छ । आज पूजा सकिएपछि बडीमालिकाबाट तीर्थयात्री त्रिवेणी नगरपालिकास्थित नाटेश्वरीमा जनैपूर्णिमा मेलामा दर्शन गरी घर फर्किने गर्छन् । रासस

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ४ : ५० बजे

‘जेनजी’ प्रदर्शन – विश्वभर फैलिएको युवा असन्तुष्टिको लहर

काठमाडौं- एन्डिज पर्वतदेखि हिमालयसम्म युवा पुस्ताको असन्तुष्टि र निराशाबाट प्रेरित

एमालेमा रोचक प्रस्ताव : नयाँ पुस्तालाई व्यस्त बनाउन शहरका चोक-चोकमा कन्सर्ट गरौँ

काठमाडौं– नेकपा एमालेको जारी दशौँ केन्द्रीय कमिटीको दोस्रो दिन बिहीबार

नवयुवाको सन्देश – सरकारसँगै सोच बदलौं

संविधान संशोधनको मूल एजेन्डासहित २०८१ असार १७ गते दुई ठुला

साताको अन्तिम दिन १८ अंकले घट्यो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सातामा सेयर कारोबारको अन्तिम दिन

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । बैठक