अस्ट्रेलियाको सेन्ट्रल कोस्टमा तीजको तयारी, राजनराज शिवाकोटीले नेपाली समुदायलाई नचाउने « Khabarhub

अस्ट्रेलियाको सेन्ट्रल कोस्टमा तीजको तयारी, राजनराज शिवाकोटीले नेपाली समुदायलाई नचाउने


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

सिड्नी, अस्ट्रेलिया- अस्ट्रेलियाको सेन्ट्रल कोस्टमा बसोबास गर्ने नेपाली समुदायले हरितालिका तीजलाई सांस्कृतिक एकताको प्रतीकका रूपमा मनाउने तयारी गरेका छन् ।

सेण्ट्रल कोष्ट नेप्लिज् कम्युनिटीको आयोजनामा अगस्ट १६, शनिबार साँझ टग्गरा कम्युनिटी हलमा कार्यक्रम आयोजना गरिने भएको छ।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा नेपालका गायक तथा गीतकार राजनराज शिवाकोटी रहनेछन्। उनले चर्चित गीतहरू ‘सुर्के थैली’, ‘कुटुमा कुटु’, ‘गोजीमा दाम छैन’ लगायत गाउनेछन् ।

सांगीतिक प्रस्तुतिसँगै नेपाली तीज गीत, सांस्कृतिक नृत्य, परम्परागत दर भोज र अन्य मनोरञ्जनात्मक कार्यक्रम गरिने आयोजकले जनाएको छ।

सेण्ट्रल कोष्ट नेप्लिज् कम्युनिटीका अध्यक्ष सन्तोष तिमल्सिनाले तीज २०२५ लाई नेपाली संस्कृति, एकता र सामूहिक सहभागिताको प्रतीक बनाउने उद्देश्य लिइएको बताएका छन् ।

उनले नयाँ पुस्तालाई नेपाली समुदाय, संस्कृति र चाडपर्वप्रति चिनाउने र आफ्नो पहिचानप्रति गर्व गर्न प्रेरित गर्ने लक्ष्य राखिएको बताए।

तीजको उमंग, नेपाली सांस्कृतिक पहिचान र आपसी सञ्जाललाई सँगै मनाउन चाहने सम्पूर्ण नेपाली समुदायका सदस्यहरूलाई सहभागी हुन भनिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ५ : ०० बजे

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा