सिटी होटलको हकप्रद सेयरमा आवेदन खुल्यो  « Khabarhub

सिटी होटलको हकप्रद सेयरमा आवेदन खुल्यो 


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिटी होटल लिमिटेडले सोमबारबाट हकप्रद सेयर निष्काशन सुरु गरेको छ । कम्पनीले चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो ।

कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ८ कित्ताको अनुपातमा हकप्रद सेयर जारी गरेको हो ।

कम्पनीले एक अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अङ्कित मूल्यका एक करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर बिक्रीमा राखेको छ ।

कम्पनीले साउन २७ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड हो ।

अहिले कम्पनीको चुक्ता पुँजी एक अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेको छ । हकप्रद पछि चुक्ता पूँजी तीन अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  १० : ५० बजे

एक वर्षमा ७ हजार ७ सय १६ विपद्का घटना : ४ सय ९६ जनाको मृत्यु, १३ हजार परिवार प्रभावित 

काठमाडौं– एक वर्षमा देशभर भएका विभिन्न बिपद्का घटनमा परी  ४

इरानमा १६०० बढी मृत्युदण्ड

एजेन्सी– इरानमा सन् २०२५ मा मृत्युदण्डको प्रयोग चिन्ताजनक रूपमा तीव्र

अमेरिकी नाकाबन्दी प्रयासबीच इरानको चेतावनी, बेलायतले ट्रम्पको योजनामा साथ नदिने

तेहरान- इरानले फारस खाडी र ओमान सागरका बन्दरगाहबारे कडा चेतावनी

भक्तपुरमा ठड्याइयो हात नभएको लिङ्गो

काठमाडौं– भक्तपुरको प्रसिद्घ बिस्काः जात्रा अन्तर्गत सोमबार तालाक्वस्थित कुम्हाले टोलमा

कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते

मुस्ताङ– काठमाडौँ पोखरा हुँदै मुस्ताङको नेपाल-चीन उत्तरी कोरलानाकातर्फ जाँदै गरेको