रिभर फल्सको हकप्रद सेयर बिक्री सुरु  « Khabarhub

रिभर फल्सको हकप्रद सेयर बिक्री सुरु 


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रिभर फल्स पावर लिमिटेडले सोमबारदेखि हकप्रद सेयर निष्काशन खुला गरेको छ ।

कम्पनीले चुक्ता पुँजीको सय प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले हाल कायम एक कित्ता सेयर बराबर नयाँ एक कित्ता अनुपातमा हकप्रद निष्काशन गरेको हो ।

कम्पनीले ७० करोड रुपैयाँ बराबरको प्रतिसेयर सय रुपैयाँ अङ्कित मूल्यका ७० लाख कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले साउन २६ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । हकप्रद शेयरमा असोज १२ गतेसम्म आवेदन पाउँछन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ । हकप्रद निष्काशन तथा बाँडफाँडपश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ११ : ०० बजे

पत्रकार गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ सार्वजनिक

काठमाडौं – पत्रकार तथा गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति

एकै थलोमा तीन सय ५० रैथाने कृषि प्रजातिको प्रदर्शन

गण्डकी – पोखरा महानगरपालिका–३१ सुन्दरीडाँडामा सम्पन्न पोखरा महानगरस्तरीय कृषि जैविक

म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने

काठमाडौं – म्याग्दीमा उज्यालो नेपाल पार्टीले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी

डेनमार्कले भन्योः नेटो प्रमुखले ग्रीनल्याण्डबारे वार्तामा डेनमार्कको प्रतिनिधित्व गर्न सक्दैनन्

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ – बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा