हैजा प्रभावित क्षेत्रका लागि डब्लुएचओद्वारा कोलेरा किट  प्रदान  « Khabarhub

हैजा प्रभावित क्षेत्रका लागि डब्लुएचओद्वारा कोलेरा किट  प्रदान 


२३ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हैजा प्रभावित क्षेत्रका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोलेरा किट  प्रदान गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय प्रदीप पौडेलको उपस्थितिमा आज मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच कोलेरा किट हस्तान्तरण गरिएको छ । देशका विभिन्न स्थानमा हैजाको प्रकोप देखिएसँगै यसको रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले हैजाको प्रकोप देखिएका स्थानहरूमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिरहेको र थप स्वास्थ्य सहायता उपलब्ध गराउन मन्त्रालयले तीव्र रूपमा कार्य गरिरहेको दाबी गरेका छन् । 

‘हैजाको प्रकोप देखिएका स्थानहरूमा हामीले तत्कालै विशेषज्ञ स्वास्थ्यकर्मीहरूको टोली परिचालन गरिसकेका छौँ, उनले भने, हैजा प्रभावित क्षेत्रको अवस्थाका बारेमा निरन्तर अनुगमन भइरहेको र आवश्यकता अनुसार थप स्रोतसाधन परिचालन गर्न मन्त्रालय तयारी अवस्थामा रहेको छ ।

हस्तान्तरण गरिएका कोलेरा किटमा हैजाको प्रारम्भिक निदान, नियन्त्रण र उपचारका लागि आवश्यक रिएजेन्ट्स, पुनर्जलीय झोल, आई भी फ्ल्युड्स, एन्टिबायोटिक लगायतका ८७ प्रकारका स्वास्थ्य सामग्री समावेश छन् ।

विश्व स्वास्थ्य संगठनबाट प्राप्त किटलाई मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागमार्फत हैजा प्रभावित जिल्लाका अस्पताल, स्वास्थ्य कार्यालय तथा स्थानीय तहमा तुरुन्तै पठाउने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ११ : ०७ बजे

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९