बुढीगण्डकी आयोजना निर्माणको काम रोकिँदैन : प्रचण्ड « Khabarhub

बुढीगण्डकी आयोजना निर्माणको काम रोकिँदैन : प्रचण्ड


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गोरखा– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम नरोकिने बताएका छन् । 

पुष्पलाल मध्यपहाडी लोकमार्ग जागरण अभियान अन्तरगत गोरखाको पालुङटार नगरपालिका-५, ठाँटी पोखरीमा सोमबार आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दैन अध्यक्ष दाहालले भने, ‘स्रोत सुनिश्चित गरेर बुढीगण्डकी आयोजना निर्माणको प्रक्रिया अघि बढ्दै छ, हालसम्म झण्डै ५० अर्ब जति खर्च भइसकेको छ ।’ 

आफू प्रधानमन्त्री रहेका बेला बुढीगण्डकी आयोजना निर्माणका लागि बालुवाटारमा पटकपटक बहस र छलफल गरेको स्मरण गर्दै अध्यक्ष दाहालले उक्त आयोजना निर्माणले गोरखाको मात्र नभएर सिङ्गो राष्ट्रको अर्थतन्त्रमा प्रभाव पार्ने उल्लेख गरे ।

अध्यक्ष दाहालले गोरखाको पालुङटार नगरपालिकाको च्याङ्लीमा कृषि औद्योगिक क्षेत्र निर्माण गर्न चीन सरकारसँग सैद्धान्तिक सहमति भएको बताए। ‘चीनको एउटा टोलीले नेपाल आएर अध्ययनको काम समेत गरिसकेको छ,’ उनले भने, ‘पालुङटारमा नै कृषि औद्योगिक क्षेत्र निर्माण गर्नुपर्छ ।’

एमाले नेतृत्वको वर्तमान सरकारले जनअपेक्षा अनुरूप काम गर्न नसक्दा जनतामा निराशा बढेको अध्यक्ष दाहालको आरोप थियो । 
 

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  १२ : २३ बजे

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका