संसदीय सुनुवाइ समितिका सभापति खतिवडाले लिए शपथ « Khabarhub

संसदीय सुनुवाइ समितिका सभापति खतिवडाले लिए शपथ


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले सङ्घीय संसद् संसदीय सुनुवाइ समितिका नवनिर्वाचित सभापति रामहरि खतिवडालार्इ पद तथा गोपनीयताको शपथ गराएका छन् ।

सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा सभामुखसमक्ष सभापति खतिवडाले शपथ लिएका हुन् ।

यही भदौ २० गते शुक्रबार भएको निर्वाचनमा सभापति खतिवडा निर्विरोध चयन भएका थिए । त्यस अवसरमा सभामुख घिमिरेले सभापति खतिवडालाई खादाले सम्मान गरेका थिए ।

कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, एमालेका मुख्य सचेतक र नेपाली कांग्रेसका प्रमुख सचेतक, संसदीय समितिका सभापति र सांसदहरू उपस्थित थिए ।

नवनिर्वाचित संसदीय समितिका सभापतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सभामुखसमक्ष शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  १२ : ३० बजे

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी