घाइतेहरूले भरिए काठमाडौँका अस्पताल, मृतकको संख्या बढेर नौ पुग्यो « Khabarhub

घाइतेहरूले भरिए काठमाडौँका अस्पताल, मृतकको संख्या बढेर नौ पुग्यो


२३ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जेन-जीको नाममा सोमबारदेखि सुरू भएको प्रदर्शन उग्र र हिंसात्मक बनेको छ।

प्रदर्शनकारीका नाममा उत्रिएको समूहले संसद् भवन कब्जा गर्न खोजेपछि प्रतिकार थालेका सुरक्षाकर्मीको गोलीले कम्तीमा पनि ९ जनाको मृत्यु भएको छ।

संसद् भवन क्षेत्रमा भएको हिंस्रक झडपका क्रममा घाइते भएकाहरूको विभिन्न अस्पतालमा निधन भएको हो । केहीले प्रदर्शन भएकै स्थानमा ज्यान गुमाएका छन् ।

वीर अस्पतालस्थित ट्रमा सेन्टरमा मात्रै सयभन्दा धेरै घाइतेलाई भर्ना गरिएको छ। अहिलेसम्म त्यहाँ कम्तीमा पनि ६ जनाले ज्यान गुमाएका छन् ।

अहिले त्यहाँ ४ जना गोली लागेका घाइतेको उपचार भइरहेको छ । लाठी लागेका अन्य घाइते पनि छन् । उता बानेश्वरस्थित निजामती अस्पतालमा पनि एक जनाको ज्यान गएको छ।

सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा एकजनाको ज्यान गएको छ। अर्कातिर महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पनि एकजना घाइतेले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ३ : ४० बजे

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६