घाइतेहरूले भरिए काठमाडौँका अस्पताल, मृतकको संख्या बढेर नौ पुग्यो « Khabarhub

घाइतेहरूले भरिए काठमाडौँका अस्पताल, मृतकको संख्या बढेर नौ पुग्यो


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जेन-जीको नाममा सोमबारदेखि सुरू भएको प्रदर्शन उग्र र हिंसात्मक बनेको छ।

प्रदर्शनकारीका नाममा उत्रिएको समूहले संसद् भवन कब्जा गर्न खोजेपछि प्रतिकार थालेका सुरक्षाकर्मीको गोलीले कम्तीमा पनि ९ जनाको मृत्यु भएको छ।

संसद् भवन क्षेत्रमा भएको हिंस्रक झडपका क्रममा घाइते भएकाहरूको विभिन्न अस्पतालमा निधन भएको हो । केहीले प्रदर्शन भएकै स्थानमा ज्यान गुमाएका छन् ।

वीर अस्पतालस्थित ट्रमा सेन्टरमा मात्रै सयभन्दा धेरै घाइतेलाई भर्ना गरिएको छ। अहिलेसम्म त्यहाँ कम्तीमा पनि ६ जनाले ज्यान गुमाएका छन् ।

अहिले त्यहाँ ४ जना गोली लागेका घाइतेको उपचार भइरहेको छ । लाठी लागेका अन्य घाइते पनि छन् । उता बानेश्वरस्थित निजामती अस्पतालमा पनि एक जनाको ज्यान गएको छ।

सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा एकजनाको ज्यान गएको छ। अर्कातिर महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पनि एकजना घाइतेले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ३ : ४० बजे

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।