हैजा नियन्त्रणका लागि प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयले पठायो औषधि « Khabarhub

हैजा नियन्त्रणका लागि प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयले पठायो औषधि


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हैजा नियन्त्रणका लागि प्रभावित क्षेत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि पठाउने भएको छ । हैजा प्रभावित क्षेत्रहरूका लागि आवश्यक पर्ने कोलेरा किट आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ ।

देशका विभिन्न स्थानमा हैजाको प्रकोप देखिएसँगै यसको रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

सो अवसरमा स्वास्थ्यमन्त्री पौडेलले हैजाको प्रकोप देखिएका स्थानहरूमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिरहेको र थप स्वास्थ्य सहायता उपलब्ध गराउन मन्त्रालयले तीव्र रूपमा कार्य गरिरहेको बताए। 

‘हैजाको प्रकोप देखिएका स्थानहरूमा हामीले तत्कालै विशेषज्ञ स्वास्थ्यकर्मीहरूको टोली परिचालन गरिसकेका छौँ,’ उनले भने, ‘हैजा प्रभावित क्षेत्रको अवस्थाका बारेमा निरन्तर अनुगमन भइरहेको र आवश्यकताअनुसार थप स्रोतसाधन परिचालन गर्न मन्त्रालय तयारी अवस्थामा रहेको छ ।’

हस्तान्तरण गरिएका कोलेरा किटमा हैजाको प्रारम्भिक निदान, नियन्त्रण र उपचारका लागि आवश्यक रिएजेन्ट्स, पुनर्जलीय झोल, आई भी फ्ल्युड्स, एन्टिबायोटिकलगायत ८७ प्रकारका स्वास्थ्य सामग्री समावेश छन् ।

विश्व स्वास्थ्य सङ्गठनले उपलब्ध गराएको उक्त किटलाई मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागमार्फत हैजा प्रभावित जिल्लाका अस्पताल, स्वास्थ्य कार्यालय तथा स्थानीय तहमा तुरुन्तै पठाउने व्यवस्था मिलाइएको छ ।

केही समयअघि स्वास्थ्यमन्त्री पौडेलले हैजा प्रभावित वीरगञ्जको स्थलगत अनुगमन गरी बिरामीको निःशुल्क उपचार, औषधि, जीवनजल र अन्य आवश्यक स्वास्थ्य सामग्रीको मन्त्रालयमार्फत व्यवस्था गरेका थिए । 

मन्त्रालयले हैजाको प्रकोप नियन्त्रणका लागि सम्बन्धित प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी काम गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ४ : ५६ बजे

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक आज

परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता

काठमाडौँ – चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को

एकमहिने मत्स्यनारायण मेला सम्पन्न

भक्तपुर– तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।