सरकारको दमनप्रति राप्रपा नेपालद्वारा निन्दा, प्रधानमन्त्रीको राजीनामा माग « Khabarhub

सरकारको दमनप्रति राप्रपा नेपालद्वारा निन्दा, प्रधानमन्त्रीको राजीनामा माग


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले जेन-जी पुस्ताले आह्वान गरेको आन्दोलनमाथि सरकारले गरेको दमनको निन्दा गरेको छ।

पार्टीका महामन्त्री राजाराम बर्तौलाले विज्ञप्ति निकालेर प्रशासनको दमनका कारण हालसम्म १८ जना निर्दोष युवाले ज्यान गुमाएको र सयौँ घाइते भएको उल्लेख छ। ‘स्कुल–कलेजमा अध्ययनरत युवा र किशोरमाथि गरिएको निर्मम आक्रमणको पूर्ण जिम्मेवारी वर्तमान सरकार र मन्त्रीपरिषद्माथि पर्छ,’ विज्ञप्तिमा भनिएको छ।

राप्रपा नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिनुपर्ने माग गर्दै सत्तामा बस्ने नैतिक अधिकार सरकारसँग नरहेको टिप्पणी गरेको छ।

भ्रष्टाचार र कुशासन अन्त्य गर्ने तथा बन्द गरिएको सामाजिक सञ्जाललाई नियमित सञ्चालनमा ल्याउने युवाहरूको मागलाई जायज बताउँदै त्यसमा आम नेपाली जनताको समर्थन रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

राप्रपाले आन्दोलनमा सहादत प्राप्त गरेका युवाहरूको बलिदान व्यर्थ नजाने प्रतिवद्धता जनाउँदै देशमा आमूल परिवर्तनको सूत्रपात हुने विश्वास व्यक्त गरेको छ।

पार्टीले मृतक आत्माप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ भने घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेको छ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ७ : ०४ बजे

आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित

दमौली– प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२-८३ मा ३४

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : मन्त्री रावल

धनगढी- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले

गरिमा चौधरीको न्याय माग्दै माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं- बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायको

स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, व्यावसायिक चुनौती कायमै

एजेन्सी– मध्यपूर्वमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै हुने समुद्री