सरकारको दमनप्रति राप्रपा नेपालद्वारा निन्दा, प्रधानमन्त्रीको राजीनामा माग « Khabarhub

सरकारको दमनप्रति राप्रपा नेपालद्वारा निन्दा, प्रधानमन्त्रीको राजीनामा माग


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले जेन-जी पुस्ताले आह्वान गरेको आन्दोलनमाथि सरकारले गरेको दमनको निन्दा गरेको छ।

पार्टीका महामन्त्री राजाराम बर्तौलाले विज्ञप्ति निकालेर प्रशासनको दमनका कारण हालसम्म १८ जना निर्दोष युवाले ज्यान गुमाएको र सयौँ घाइते भएको उल्लेख छ। ‘स्कुल–कलेजमा अध्ययनरत युवा र किशोरमाथि गरिएको निर्मम आक्रमणको पूर्ण जिम्मेवारी वर्तमान सरकार र मन्त्रीपरिषद्माथि पर्छ,’ विज्ञप्तिमा भनिएको छ।

राप्रपा नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिनुपर्ने माग गर्दै सत्तामा बस्ने नैतिक अधिकार सरकारसँग नरहेको टिप्पणी गरेको छ।

भ्रष्टाचार र कुशासन अन्त्य गर्ने तथा बन्द गरिएको सामाजिक सञ्जाललाई नियमित सञ्चालनमा ल्याउने युवाहरूको मागलाई जायज बताउँदै त्यसमा आम नेपाली जनताको समर्थन रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

राप्रपाले आन्दोलनमा सहादत प्राप्त गरेका युवाहरूको बलिदान व्यर्थ नजाने प्रतिवद्धता जनाउँदै देशमा आमूल परिवर्तनको सूत्रपात हुने विश्वास व्यक्त गरेको छ।

पार्टीले मृतक आत्माप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ भने घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेको छ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ७ : ०४ बजे

उदयपुर सिमेन्टमा क्लिङ्कर हिनामिना : तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा भएको

पत्रकार सिटौलाको शव पोस्टमार्टमका लागि लगियो शिक्षण अस्पताल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग चुनावी

नीति निर्माणका लागि कांग्रेस महामन्त्री पौडेलद्वारा सुझाव संकलन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र ५ का प्रतिनिधि

अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ दिवस : मुख्यसचिवसहित छ जना सम्मानित

काठमाडौं– काठमाडौंस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ स्थापना दिवसका अवसरमा मुख्य सचिवसहित

लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी सुरु

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देही