दिनभर जेन-जीको प्रदर्शन : कहाँ के भयो ? « Khabarhub

दिनभर जेन-जीको प्रदर्शन : कहाँ के भयो ?



काठमाडौँ– मलाई बोल्न दे सरकार, गणतन्त्र कहाँ छ, कसैलाई थाहा छ ?, हाम्रो कर नेताले छोराछोरीलाई भर ! लगायत वाक् स्वतन्त्रता र भष्ट्राचारविरोधी नारासहित जेन-जी पुस्ता सामाजिक सञ्जाल हुँदै आज सडकमा उत्रिए ।

प्रदर्शन काठमाडौँसहित देशका मुख्य शहरमा केन्द्रित देखियो । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर काठमाडौँमा १७ र इटहरीमा २ जना गरी देशभर मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । कम्तीमा ३ सय ५५ जना घाइते उपचाररत छन् । काठमाडौंबाट ५० प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदर्शन नियन्त्रणमा लिन सरकारले संसद् भवन परिसरमा सेना नै परिचालन गर्नुपर्‍यो । यस्तै राति १० बजेसम्म बानेश्वर, बबरमहल, शंखमुल, सिंहदरबार, राष्ट्रपति कार्यालय बालुवाटार लगायतका संवेदनशील क्षेत्रमा कफ्‍‍र्यू जारी गरेको थियो ।

कफ्‌र्यू  जारी गरे पनि प्रदर्शन रोकिएको छैन । काठमाडौं उपत्यकासँगै देशका मुख्य शहर पोखरा, इटहरी, चितवन, दमक, कञ्चनपुर, रूपन्देही, डडेलधुरा, दाङ, इलाममा लगायतका जिल्लामा पनि युवाहरू प्रदर्शनमा उत्रिए । 

यी शहर पनि दिनभर तनावग्रस्त बने । पोखराको न्यूरोड, शहिदचोक, राष्ट्र बैंक चोकदेखि सिर्जना चोक क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच मुठभेड हुँदा अश्रुग्याँससँगै गोली चल्यो । प्रहरीको गोली लागेर तीन प्रदर्शनकारी घाइते भएका छन् ।

प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालयमा आगजनी गर्न गर्न खोजेपछि भीड नियन्त्रणमा लिन गोली चलाइएको प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले दिउँसो २ बजेदेखि अर्को सूचना नआउँदासम्म सहिदचोक क्षेत्रमा कफ्‍‍र्यू जारी गरेको छ । प्रत्यक्षदर्शीका अनुसार प्रदर्शन स्वतस्फुर्त चल्यो । 

सुनसरीको इटहरी उपमहानगरपालिकामा प्रहरीको गोली लागेर २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् । घाइतेको विराट टिचिङ अस्पताल विराटनगर र नोबेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रकाश पराजुलीले बताएका छन् । उपचार रतमध्ये एक जना उपचारपश्चात् अहिले डिस्चार्ज भइसकेका छन् ।

सुरक्षामा खटिएका ८ जना नेपाल प्रहरी र ४ जना सशस्त्र प्रहरी र एक जना नगर प्रहरी गरी १३ सुरक्षाकर्मी घाइते छन् । प्रहरीले १३ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । यतिबेला संवेदनशिल क्षेत्रमा कर्फ्यु जारी रहेको उनले थपे । 

प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला झापाको दमक र बिर्तामोडमा पनि जेन-जी उनी विरुद्धको नारावाजीसहित सडकमा आए ।

झापा प्रहरीका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार प्रदर्शनकारीले दमक र बिर्तामोड नगरपालिका परिसरमा तोडफोड गरेपछि भिड नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर दमकमा १ र बिर्तामोडमा ३ गरी ४ प्रदर्शनकारी घाइते भएका छन् । 

भैरहवा र बुटवलमा प्रदर्शन चर्किदै गएपछि जिल्ला प्रशासन कार्यालय रूपन्देहीले दिउँसो ४ बजेदेखि १० बजेसम्म निषेधाज्ञा जारी गरेको छ ।

भैरहवाको पूर्वमा रोहिणी खोला पुल, पश्चिममा बेथरी पुल, उत्तरमा बुद्धचोक र दक्षिणमा मेउडिहवासम्म निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेद्वारा जारी आदेशमा उल्लेख छ । 

कञ्चनपुरको महेन्द्रनगरमा प्रदर्शन गर्दै जेनजीहरुले हमासको कब्जामा रहेका बिपिन जोशीको तत्काल रिहाई, भष्ट्राचार नियन्त्रण, सामाजिक सञ्जालको निर्वाध सञ्चालनको माग राखेका थिए ।



भ्रष्टाचार हटाउँ नयाँ नेपाल बनाउँ, अब अति भयो लगायतका नारासहित जेनजीले काभ्रेमा गरेको प्रदर्शनले अरनिको राजमार्ग अवरुद्ध बनेको थियो । इलामको प्रदर्शनमा पनि युवाहरुले भ्रष्टाचार नियन्त्रण, सामाजिक सञ्जालको निर्वाध सञ्चालन माग गर्दै शान्तिपूर्ण आन्दोलन गरेका थिए । 

जेनजीको प्रदर्शनका क्रममा कोशीका विभिन्न सहरमा झडप हुन थालेको छ । सुनसरीको इटहरीमा प्रदर्शनकारीले उपमहानगरपालिकाको कार्यालय तोडफोड र ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले अश्रुग्यास हानेको छ । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

यस्तै विराटनगर महानगरमा पनि प्रदर्शनकारी प्रहरीको ब्यारिगेट ढालेर अघि बढेका छन् । विराटनगरको ट्राफिक चोकमा भेला भएर उनीहरू महेन्द्र चोक हुँदै रोड शेष चोक पुगेका छन् ।

दमक नगर कार्यपालिकाको कार्यालय प्रवेशद्वार तोडफोड गरेर पालिका भित्र प्रवेश गरेका थिए । ट्राफिक चोकमा केहीबेर प्रदर्शनपछि देवकोटा चोक हिँडेका प्रदर्शनकारी अस्पताल चोकमा रोकिएका छन् ।

कमाण्डबिनाको प्रदर्शनका कारण भिड बरालिएको छ । देखिएको प्रदर्शनका सहभागीहरूले चर्को नाराबाजी गरेका छन् ।

उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल र विराटनगरका मेयर नागेश कोइरालाविरुद्ध गालीगलौजपूर्ण नारा लगाएका । विराटनगरका प्रदर्शनकारीले राजतन्त्र र बालेन साहको भने पक्षमा नारा लगाएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ८ : ३९ बजे

कांग्रेसद्वारा कार्यसम्पादन समितिको बैठकको निर्णय कार्यान्वयन गर्न निर्देशन

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको यही पुस १२ गते

बाघको आक्रमणबाट वृद्धाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको पुर्नवास नगरपालिका–६ का एक वृद्धाको बाघको आक्रमणमा परी

चाँदी आयातमा पाइने विदेशी मुद्रा सटही सुविधामा मासिक कोटा

काठमाडौं– नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि पाइने विदेशी मुद्राको

निर्वाचन आचारसंहिता स्वीकृत

काठमाडौं– निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि  जारी हुने

रविसँगको सहमतिमा कमजोर देखिए बालेन, कसलाई फाइदा, कसलाई घाटा ?

काठमाडौं- लामो छलफलपछि आइतबार सबेरै बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)