हिरासतबाट छुटेपछि महान्यायाधिवक्ताविरुद्धको उजुरीमा कारबाही प्रगति खोज्दै अख्तियारमा युवराज सफल « Khabarhub

हिरासतबाट छुटेपछि महान्यायाधिवक्ताविरुद्धको उजुरीमा कारबाही प्रगति खोज्दै अख्तियारमा युवराज सफल


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले पदको दुरुपयोग गर्दै गम्भीर प्रकृतिका मुद्दा नचलाउने निर्णय गरेको आरोपसहित दर्ता गरिएको उजुरीमाथिको कारबाहीबारे बुझ्न युवराज सफलले अर्को निवेदन दिएका छन् ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा महान्यायाधिवक्ताले किशोरीको डिम्ब तस्करी, सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसँग जोडिएका व्यक्तिविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको दाबीसहित उजुरी गरेका थिए ।

उनले महान्यायाधिवक्ताका यी दुई विवादित निर्णयसँग सम्बन्धित सम्पूर्ण फाइल झिकाइ अनुसन्धान गर्न र निर्णय प्रक्रियामा संलग्न व्यक्तिमाथि कारबाही गर्न माग गरेका छन्।

सफलले मिति गत पुस ३० गते दर्ता गराएको उजुरीमा महान्यायाधिवक्ता भण्डारीले अनुचित प्रभावमा परेर मुद्दा फिर्ता लिएको र आर्थिक चलखेल भएको आशंका गरिएको उल्लेख थियो।

उक्त उजुरीमाथि हालसम्म के–कस्तो प्रक्रिया अघि बढेको छ भन्ने जानकारी संविधानको धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ अनुसार उपलब्ध गराउन माग गरिएको हो। त्यही उजुरीलाई लिएर भण्डारीले सफललाई प्रहरी लगाएर पक्राउ गराएकी थिइन् । तर उनी २४ घण्टामै रिहा भए ।

नाबालिकामाथि जबर्जस्ती करणीसम्बन्धी एक मुद्दामा जिल्ला अदालतले १८ वर्ष कैदको सजाय सुनाए पनि उच्च अदालतले सफाइ दिएको र उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय भएको समाचार सार्वजनिक भएपछि त्यस निर्णयको सक्कल फाइल झिकाइ अनुसन्धान गर्न पनि उनले माग गरेका छन् ।

निवेदनमा महान्यायाधिवक्ता कार्यालयको भूमिकामाथि प्रश्न उठाउँदै सम्बन्धित सबै निर्णय प्रक्रिया छानबिन गर्न र आवश्यक अनुसन्धान अघि बढाउन आग्रह गरिएको छ। उक्त सम्बन्धमा उनले थप अर्को निवेदन पेश गरेका छन् ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  १ : २६ बजे

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त

काठमाडौं– शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम

पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा जडान

पर्वत– ग्रामीण क्षेत्रमा बढ्दै गएको चोरी, डकैती, लुटपाट, हत्या तथा

कपडाको ‘कार्गो’ मा सुनचाँदीका गहना फेला, दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुन तथा चाँदीका गरगहनासहित दुईजना पक्राउ

रुसको भीषण मिसाइल र ड्रोन आक्रमणमा १३ जनाको मृत्यु, ३० भन्दा बढी घाइते

काठमाडौं– रुसले बिहीबार राति युक्रेनको राजधानी किएभमा व्यापक मिसाइल र

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट– यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा खाद्यान्न लिनका