के प्रधानमन्त्री ओलीले राजीनामा देलान् ? « Khabarhub

के प्रधानमन्त्री ओलीले राजीनामा देलान् ?


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेनजी पुस्ताको प्रदर्शन हिंसात्मक बनेपछि १९ जना प्रदर्शनकारीको मृत्यु भएको छ। घटनापछि कांग्रेस–एमाले सरकारको तीव्र आलोचना भइरहेको छ।

यसैबीच गृहमन्त्री रमेश लेखकले बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा पत्र बुझाइसकेका छन्। गृहमन्त्रीले राजीनामा मात्रै नपुग्ने भन्दै सामाजिक सञ्जालमा कांग्रेस–एमाले सरकारको तीव्र आलोचना भइरहेको छ।

गृहमन्त्रीले मात्र होइन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजीनामा दिएर उनीहरूमाथि छानबिन हुनुपर्ने विपक्षी नेताहरूले आवाज उठाइरहेका छन् । रास्वपाका सांसद शिशिर खनाल राप्रपाका सांसद ज्ञानेन्द्र शाही लगायतका नेताले प्रधानमन्त्री ओलीले समेत राजीनामा लिएर उनीहरूमाथि छानबिन गर्नुपर्ने बताएका छन्।

यस्तै विपक्षी दल माओवादी केन्द्रका नेताहरूले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने आवाज उठाएका छन्। यी आवाजहरू उठिरहेका बेला प्रधानमन्त्रीको सचिवालयका एक सदस्यलाई खबरहरू यसबारे जिज्ञासा रोखेको थियो । के प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ ? भन्ने हाम्रो प्रश्नमा सचिवालय सदस्यले भने, ‘सायद त्यसो नहोला । गृहमन्त्रीज्यूले राजीनामा बुझाइसक्नुभएको छ । छानबिन समिति बन्ने निर्णय पनि भइसकेको छ। फेरि राजीनामा बुझाउनु नै समस्याको समाधान होइन नि ।’

अहिले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। केही बेरपछि दुई नेताहरूबीच वार्ता हुने बताइएको छ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ९ : २२ बजे

काठमाडौंमा उत्पादित रायोको सागमा भेटियो झण्डै शतप्रतिशत विषादी 

काठमाडौं– काठमाडौंमा उत्पादित रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ

पल्सर स्पोर्ट्स अवार्ड पुस २३ गते पोखरामा हुने

काठमाडौं- २२ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पुस २३ गते

११औँ महाधिवेशनपछि एमाले सचिवालयको पहिलो बैठक (तस्बिरहरू)

काठमाडौं- नेकपा एमालेको ११औं महाधिवेशनपछि पार्टी सचिवालयको पहिलो बैठक सुरु

रवि–बालेन एकतापछि हर्क साम्पाङ आक्रोशित, बिहानदेखि मध्यदिनसम्म लेखिसके दर्जनबढी फेसबुक स्टाटस

काठमाडौं- परम्परागत ठूला राजनीतिक दललाई चुनौती दिने गरी राष्ट्रिय स्वतन्त्र

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज– बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला