के प्रधानमन्त्री ओलीले राजीनामा देलान् ? « Khabarhub

के प्रधानमन्त्री ओलीले राजीनामा देलान् ?


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेनजी पुस्ताको प्रदर्शन हिंसात्मक बनेपछि १९ जना प्रदर्शनकारीको मृत्यु भएको छ। घटनापछि कांग्रेस–एमाले सरकारको तीव्र आलोचना भइरहेको छ।

यसैबीच गृहमन्त्री रमेश लेखकले बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा पत्र बुझाइसकेका छन्। गृहमन्त्रीले राजीनामा मात्रै नपुग्ने भन्दै सामाजिक सञ्जालमा कांग्रेस–एमाले सरकारको तीव्र आलोचना भइरहेको छ।

गृहमन्त्रीले मात्र होइन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजीनामा दिएर उनीहरूमाथि छानबिन हुनुपर्ने विपक्षी नेताहरूले आवाज उठाइरहेका छन् । रास्वपाका सांसद शिशिर खनाल राप्रपाका सांसद ज्ञानेन्द्र शाही लगायतका नेताले प्रधानमन्त्री ओलीले समेत राजीनामा लिएर उनीहरूमाथि छानबिन गर्नुपर्ने बताएका छन्।

यस्तै विपक्षी दल माओवादी केन्द्रका नेताहरूले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने आवाज उठाएका छन्। यी आवाजहरू उठिरहेका बेला प्रधानमन्त्रीको सचिवालयका एक सदस्यलाई खबरहरू यसबारे जिज्ञासा रोखेको थियो । के प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ ? भन्ने हाम्रो प्रश्नमा सचिवालय सदस्यले भने, ‘सायद त्यसो नहोला । गृहमन्त्रीज्यूले राजीनामा बुझाइसक्नुभएको छ । छानबिन समिति बन्ने निर्णय पनि भइसकेको छ। फेरि राजीनामा बुझाउनु नै समस्याको समाधान होइन नि ।’

अहिले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। केही बेरपछि दुई नेताहरूबीच वार्ता हुने बताइएको छ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ९ : २२ बजे

नेपाली बिरामीको जटिल कोलोरेक्टल क्यान्सर सफल उपचार : म्याक्स हेल्थकेयर

काठमाडौं-नेपाली बिरामीमा देखिएको दुई जटिल कोलोरेक्टल क्यान्सर केसमा भारतको वैशालीस्थित

बालेन्द्रको चुनावी प्रचारका क्रममा ढलेका सिटौलाको निधन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

हिरासतबाट छुटेपछि महान्यायाधिवक्ताविरुद्धको उजुरीमा कारबाही प्रगति खोज्दै अख्तियारमा युवराज सफल

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले पदको दुरुपयोग गर्दै गम्भीर प्रकृतिका मुद्दा

उम्मेदवारलाई मतदाताको सुझाव : वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया क्षेत्र नं २

पाकिस्तानमा सडक दुर्घटना: ४ जनाको मृत्यु, २७ घाइते

इस्लामाबाद– पूर्वी पाकिस्तानमा शुक्रबार भएको सडक दुर्घटनामा ४ जनाको मृत्यु