निजी विद्यालयहरूमा भदौ २४ र २५ गते शोक विदा « Khabarhub

निजी विद्यालयहरूमा भदौ २४ र २५ गते शोक विदा


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेनजी आन्दोलनका क्रममा देशभरका विभिन्न स्थानमा थुप्रै युवा तथा विद्यार्थीको ज्यान गुमेपछि निजी विद्यालय संगठन र शिक्षासम्बन्धी विभिन्न संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै दुई दिन शोक विदा दिने घोषणा गरेका छन् ।

एनएमए, अपेन, हिसान, नेशनल प्याब्सन र प्याब्सनले सोमबार विज्ञप्ति जारी गर्दै भाद्र २४ र २५ गते विद्यालयहरू बन्द गरी शोक विदा मनाउने जनाएका छन् ।

संयुक्त विज्ञप्तिमा आन्दोलनका क्रममा विद्यार्थीहरूको निधन हुनु अत्यन्तै दुःखद र पीडादायी भएको उल्लेख गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जली र परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ । साथै, उपचाररत घाइते विद्यार्थीहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “यस अकल्पनीय घटनाले केवल शैक्षिक क्षेत्र मात्र होइन, समग्र नेपाली समाजलाई स्तब्ध बनाएको छ । यस्तो विषम परिस्थितिमा सबै पक्ष संयमित र धैर्यवान बनी सामाजिक शान्ति, सद्भाव र सहिष्णुता कायम गर्न सहयोग गर्नुपर्ने आवश्यकता छ।”

संयुक्त विज्ञप्तिमा एनएमए अध्यक्ष पवित्रा लिम्बु, अपेन अध्यक्ष बद्री दाहाल, हिसान कार्यवाहक अध्यक्ष युवराज शर्मा, नेशनल प्याब्सन अध्यक्ष सुवाष न्यौपाने र प्याब्सन अध्यक्ष कृष्णप्रसाद अधिकारीको हस्ताक्षर रहेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ९ : ५३ बजे

नेपाली बिरामीको जटिल कोलोरेक्टल क्यान्सर सफल उपचार : म्याक्स हेल्थकेयर

काठमाडौं-नेपाली बिरामीमा देखिएको दुई जटिल कोलोरेक्टल क्यान्सर केसमा भारतको वैशालीस्थित

बालेन्द्रको चुनावी प्रचारका क्रममा ढलेका सिटौलाको निधन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

हिरासतबाट छुटेपछि महान्यायाधिवक्ताविरुद्धको उजुरीमा कारबाही प्रगति खोज्दै अख्तियारमा युवराज सफल

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले पदको दुरुपयोग गर्दै गम्भीर प्रकृतिका मुद्दा

उम्मेदवारलाई मतदाताको सुझाव : वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया क्षेत्र नं २

पाकिस्तानमा सडक दुर्घटना: ४ जनाको मृत्यु, २७ घाइते

इस्लामाबाद– पूर्वी पाकिस्तानमा शुक्रबार भएको सडक दुर्घटनामा ४ जनाको मृत्यु