निजी विद्यालयहरूमा भदौ २४ र २५ गते शोक विदा « Khabarhub

निजी विद्यालयहरूमा भदौ २४ र २५ गते शोक विदा


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेनजी आन्दोलनका क्रममा देशभरका विभिन्न स्थानमा थुप्रै युवा तथा विद्यार्थीको ज्यान गुमेपछि निजी विद्यालय संगठन र शिक्षासम्बन्धी विभिन्न संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै दुई दिन शोक विदा दिने घोषणा गरेका छन् ।

एनएमए, अपेन, हिसान, नेशनल प्याब्सन र प्याब्सनले सोमबार विज्ञप्ति जारी गर्दै भाद्र २४ र २५ गते विद्यालयहरू बन्द गरी शोक विदा मनाउने जनाएका छन् ।

संयुक्त विज्ञप्तिमा आन्दोलनका क्रममा विद्यार्थीहरूको निधन हुनु अत्यन्तै दुःखद र पीडादायी भएको उल्लेख गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जली र परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ । साथै, उपचाररत घाइते विद्यार्थीहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “यस अकल्पनीय घटनाले केवल शैक्षिक क्षेत्र मात्र होइन, समग्र नेपाली समाजलाई स्तब्ध बनाएको छ । यस्तो विषम परिस्थितिमा सबै पक्ष संयमित र धैर्यवान बनी सामाजिक शान्ति, सद्भाव र सहिष्णुता कायम गर्न सहयोग गर्नुपर्ने आवश्यकता छ।”

संयुक्त विज्ञप्तिमा एनएमए अध्यक्ष पवित्रा लिम्बु, अपेन अध्यक्ष बद्री दाहाल, हिसान कार्यवाहक अध्यक्ष युवराज शर्मा, नेशनल प्याब्सन अध्यक्ष सुवाष न्यौपाने र प्याब्सन अध्यक्ष कृष्णप्रसाद अधिकारीको हस्ताक्षर रहेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ९ : ५३ बजे

कांग्रेसद्वारा कार्यसम्पादन समितिको बैठकको निर्णय कार्यान्वयन गर्न निर्देशन

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको यही पुस १२ गते

बाघको आक्रमणबाट वृद्धाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको पुर्नवास नगरपालिका–६ का एक वृद्धाको बाघको आक्रमणमा परी

चाँदी आयातमा पाइने विदेशी मुद्रा सटही सुविधामा मासिक कोटा

काठमाडौं– नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि पाइने विदेशी मुद्राको

निर्वाचन आचारसंहिता स्वीकृत

काठमाडौं– निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि  जारी हुने

रविसँगको सहमतिमा कमजोर देखिए बालेन, कसलाई फाइदा, कसलाई घाटा ?

काठमाडौं- लामो छलफलपछि आइतबार सबेरै बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)