रविले मागे जेन-जीसहितको अन्तरिम नागरिक सरकार, सांसदहरूलाई राजीनामाका लागि तयार रहन निर्देशन | Khabarhub Khabarhub

रविले मागे जेन-जीसहितको अन्तरिम नागरिक सरकार, सांसदहरूलाई राजीनामाका लागि तयार रहन निर्देशन


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सोमबारको घटनालाई ‘नेपाली इतिहासको सबैभन्दा कालो दिन’ भनेका छन् ।

उनले वर्तमान सरकार ढाल्नैपर्ने निचोडसहित कठोर अपिल गरेका छन्। नकख्खु कारागारबाट निजी सचिवालयमार्फत सार्वजनिक गरिएको सन्देशमा उनले सरकारलाई आततायीको संज्ञा दिँदै तत्काल सत्ता छोड्न चेतावनी दिएका छन्।

लामिछानेले कुशासन र भ्रष्टाचारका नाइकेहरुले १९ भन्दा बढी विद्यार्थीको ज्यान लिएका आरोप लगाएका छन् । उनले भने, ‘स्कुले पोशाकमा रहेका निर्दोष बालबालिकामाथि गोली चलाइयो, यो केवल क्रुरता होइन इतिहासकै कलंक हो।’

मागहरू
सभापति लामिछानेले वर्तमान संकट समाधानका लागि चार बुँदे प्रस्ताव अघि सारेका छन् :
१. सकेसम्म छिटो जेनजीसहित अन्तरिम नागरिक सरकार गठन।
२. २०४६ सालपछिका सबै नीतिगत निर्णयको समीक्षा र उच्चपदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिन।
३. संसदमार्फत अनुमोदन हुने गरी संविधान संशोधन, परिमार्जन वा पुनर्लेखनका लागि विज्ञ समिति।
४. भदौ २३ को घटनाको छानबिनका लागि न्यायिक आयोग गठन, जसले प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मको जिम्मेवारी तोक्ने।

उनले रास्वपाका सांसदलाई समेत सचेत गराउँदै माग पूरा नभए संसद्बाट राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने बताएका छन्।

लामिछानेले मृतक विद्यार्थी परिवारप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेका छन्। साथै आन्दोलनलाई शान्तिपूर्ण तर क्रान्तिकारी बनाउन सबैलाई संयमित रहन आग्रह गरेका छन् ।

‘यो क्रान्ति केवल आततायीहरुलाई दण्डित गर्न होइन, देश परिवर्तन गर्न पुग्नुपर्छ, नत्र जेनजीको बलिदान खेर जानेछ,’ उनले भनेका छन्

सन्देशमा उनले गृह मन्त्रालयमा छाडिएका २५ वटा अनुसन्धान सूचीबारे समेत स्मरण गराउँदै ती फाइलहरू नागरिकले खोजेर अघि बढाउनुपर्नेमा जोड दिएका छन्।सचिवालयका अनुसार सोमबार दिउँसो निजी सम्पर्कपछि लामिछानेसँग नख्खुमा हुने सबै भेटघाट र फोन सम्पर्क बन्द गरिएको छ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  १० : ३६ बजे

देउसी भैलोमार्फत् मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी

बागलुङ – बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका

‘स्कुटर’ दुर्घटना हुँदा दुई जनाको मृत्यु

भरतपुर – चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि

तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार

धरान – तिहार सुरु भएसँगै धरानका सडकपेटी बत्तीको उज्यालो मात्र